• ८ असोज २०८३, बिहीबार
  • ५ः०२ बेलुका

विद्युत प्राधिकरण कार्यालयमा जनता समाजवादी पार्टीको धर्ना

प्रकाशित मिति

२०७७ आश्विन १३ गते, मंगलवार ०१:२१

वीरगञ्ज, जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज नगर समितिले नेपाल विद्युत प्राधिकरण वीरगञ्ज वितरण केन्द्रमा मंगलबार धर्ना दिएको छ । प्राधिकरणले लकडाउन अवधिको विद्युत महसुलमा समेत २५ प्रतिशत जरीवना लिएको भन्दै जसपाले विरोध जनाउँदै प्राधिकरण कार्यालयको मुल गेटमा १० बजेदेखि १ घण्टा धर्ना दिएको हो ।

National Life

धर्नामा सांसद प्रदीप यादव, प्रदेश सभा सदस्य मञ्जुर आलम लगायतका नेता कार्यकर्ताहरु सहभागी भएका थिए । धर्नामा सहभागीहरुले अनावश्यक लोडसेडिङ अन्त्य गर, लकडाउन अवधिको विद्युत महसुलमा अनावश्यक जरीवना लिन पाईंदैन, पार्किङको व्यवस्था गर लगायतको नारा लेखिएको प्लेकार्ड बोक्नुको साथै नाराबाजी समेत गरेका थिए । विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनमै २५ प्रतिशत जरीवना लिन थालेको र अनावश्यक विद्युत कटौती गर्न लागेकोले त्यसको विरोधमा धर्ना दिएको सांसद यादवले बताए ।

‘सर्वोच्च अदालतले लकडाउनलाई जिरो आवर मानेको छ । तर विद्युत प्राधिकरणले लकडाउन खुलेको केही दिनबाटै विद्युत महसुलमा २५ प्रतिशत जरीवना लिएर पर्साबासीलाई अनावश्यक दुःख दिइरहेको छ,’ सांसद यादवले भने, ‘विद्युत प्राधिकरणबाट कुलमान घिसिङ हट्ने वित्तिकै विद्युत कटौति सुरु हुने किन ? अनावश्यक जरीवना किन लिएको ? प्राधिकरणको नियत के हो ?’ पैसा बुझाउन एक महिना समय दिनुपर्ने, २५ प्रतिशत जरीवना अर्को बिलमा मिलान गर्नुपर्ने उनको माग छ । अन्यथा विद्युत प्राधिकरण बिलिङ शाखामा अनिश्चितकालिन तालाबन्दी गर्ने चेतावनी उनले दिए । वितरण केन्द्रका प्रमुख शम्भु कुशेत यादवले भने बिलिङ सिस्टम सेन्ट्रल नै भएकोले आफूले बढी लिने वा कम लिने, जरीवना लिन सक्ने अवस्था नरहेको बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

भदौ २३ गतेबाट निषेधाज्ञा खुकुलो भएपछि भदौ २५ गतेदेखि नै विद्युत महसुल काउन्टर सञ्चालनमा ल्याएको, असोज ७ गतेभित्र महसुल बुझाउँदा नियम अनुसार रिवेट दिएको र असोज १५ गतेसम्म महसुल भुक्तानीमा जरीवना नलाग्नुपर्नेमा विलिङ सिस्टममा प्राविधिक त्रुटि हुन गई जरीवना लिइएको दाबी उनको छ । असोज १५ गतेभित्र विद्युत महसुल भुक्तानी गरेका ग्राहकसँग लिइएको जरीवना रकम अर्को महिनामा मिलान गरिने प्रमुख यादव बताउँछन् ।

 

प्रतिकृया