• ११ असोज २०८३, आइतबार
  • १ः४९ राती

परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामा माग्दै प्रदर्शन

प्रकाशित मिति

२०७७ आश्विन १० गते, शनिबार ०१:२९

काठमाडौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको राजीनामा माग्दै राष्ट्रिय एकता अभियानले सुर्खेतमा प्रदर्शन गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीको प्रष्टीकरण घोर आपत्तिजनक र निन्दनीय रहेको भन्दै अभियानले परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामा माग गरेको हो ।

National Life

राष्ट्रिय एकता अभियानले सुर्खेतको बीरेन्द्रनगर प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा सहभागीहरले सीमा अतिक्रमण बन्द गर, चिनियाँ बिस्तारवाद मुर्दावाद, हुम्लाको नेपाली भूमीबाट चिनियाँहरू फिर्ता जाउ, सोझो नेपालीसङ्ग छ्लछाम बन्द गर । गो ब्याक चाइना, नेपाल आमाको जय, राष्ट्रिय एकता अभियान जिन्दावाद लगायतका नारा लगाएका थिए । हुम्ला जिल्लाको भूमि चीन द्वारा मीचिएको बिरोधमा राष्ट्रीय एकता अभियानले शांतिपूर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले अभियानका दुई जाना अभियन्तालाइ पक्राउ गरेको छ। अभियानका केन्द्रीय संयोजक विनय यादवका अनुसार अभियन्ता लेखक गौतम र प्रबेश सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले भने, ‘शन्तिपूर्ण आन्दोलनमा पनि प्रहरीले दमन गरेको छ, यो सरासर गलत हो, हाम्रा अभियन्तालाइ प्रहरीले तत्काल नछाडे कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ उनले आफ्ना अभियन्ताको तत्काल रिहाइको माग समेत गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया