• १ असोज २०८३, बिहीबार
  • ५ः३२ बिहान

लक्षण देखिए मात्रै कोरोना परीक्षण

प्रकाशित मिति

२०७७ आश्विन १० गते, शनिबार ०७:०७

काठमाडौंँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस ९कोभिड–१९० को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो।

National Life

मन्त्रालयका प्रवक्ता प्रा। डा। जागेश्वर गौतमले पीसीआर परीक्षण मापदण्डमा पर्नेलाई मात्रै पीसीआर परीक्षण गर्न गराउन सम्बद्ध निकायलाई निर्देशन दिइएको बताए । उनले १२ बुँदे मापदण्ड जारी गरिएको भन्दै कोभिड–१९ का लक्षण भएका व्यक्तिले पीसीआर परीक्षण गराउन सक्ने बताए । ती लक्षणमा ज्वरो, सुक्खा खोकी, श्वास फेर्न गाह्रो हुने, गन्ध थाहा नहुने, पखाला लागेका व्यक्ति पर्दछन् ।

यस्तै सङ्क्रमित व्यक्तिको नजिक सम्पर्कमा आएका व्यक्तिको पाँच दिनपछि परीक्षण गर्न सकिनेछ । त्यसैगरी अकस्मात् श्वास प्रश्वासमा समस्या देखिएका व्यक्ति, विदेशबाट आई क्वारेन्टाइनमा बसिसकेका व्यक्ति, अग्रपङ्क्तिमा काम गर्ने व्यक्ति, आईसीयूमा राख्नुपर्ने सबै व्यक्ति, दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिले पीसीआर परीक्षण गर्न सक्नेछन् ।
गोरखापत्र दैनिकबाट साभर

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया