• ७ असोज २०८३, बुधबार
  • ८ः४५ राती

नबिल बैंकमा ग्रिन पिन सेवा सुरु, अब एटीएमबाटै कार्डको पिन सेट सुबिधा प्रदान

प्रकाशित मिति

२०७७ आश्विन ९ गते, शुक्रबार ०४:२४

काठमाडौं, डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटीएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रदान गर्न नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । नबिल बैंकले ग्रिन पिन सेवामामार्फत “ग्राहकलाई नयाँ“ पिन सेट गर्न र पूराना ग्राहकहरुलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रदान गरेको छ ।

National Life

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटीएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।” ग्रिन पिनमार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकहरुले नजिकैको नबिल बैंकको एटीएममा गई कार्ड मसिनमा राखेर ‘जेनेरेट ओटीपी फर पिन(Generate OTP for pin)’ मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहक महानुभावहरुले बैंकमा दर्ता भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटीपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकहरुले ‘इन्टर ओटीपी टु चेन्ज योर पिन (Enter OTP to Change Your Pin)’ मेनु छनौट गरि प्राप्त भएका ओटीपी राखेर पिन सेट अथवा रिसेट गर्न सकिन्छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवामार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउ“दै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया