• ९ असोज २०८३, शुक्रबार
  • १२ः३१ दिउँसो

स्वास्थ्य मापदण्ड पालना गरी यात्रा गराउन अपिल

प्रकाशित मिति

२०७७ आश्विन ६ गते, मंगलवार ०८:४०

काठमाडौँ, यातायात व्यवस्था विभागले स्वास्थ्य सुरक्षाको मापदण्डलाई अवलम्बन गरी सुरक्षित यात्रा गर्नु गराउन सबैमा अपिल गरेको छ । सार्वजनिक यातायातका साधन सञ्चालन भएको अवस्थामा कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन सहयोग गर्न विभागले आग्रह गरेको हो ।

National Life

विभागले होटल रेष्टुरेन्ट, सवारी साधनका सञ्चालक, सवारी चालक, सहचालक, यात्रु सबैले आफू पनि सुरक्षित रहँदै अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ । विभागका प्रवक्ता डा लोकनाथ भुसालले यात्रुलाई स्वच्छ खाना तथा खाजा प्याकिङ गरी उपलब्ध गराउने व्यवस्था गर्न सडक आसपास सञ्चालनमा रहेका होटल रेष्टुरेन्टलाई अनुरोध गर्नुभयो ।

यात्राका क्रममा जथाभावी खानाखाजा खाँदा, सवारी साधनमा चढ्ला, झर्दा, अनावश्यक यात्रा गर्दा कोभिड सङ्क्रमण झन् फैmन सक्ने सम्भावना औँल्याउँदै विभागले यात्राका क्रममा आफूलाई आवश्यक पर्ने खानाखाजा आफैँ घरबाट प्याकिङ गरी साथमा लिएर हिँड्न पनि अनुरोध गरेको छ । विभागले कोरोना भाइरसको सङ्क्रमण दिन प्रतिदिन बढ्दै गएको अहिलेको अवस्थामा अत्यावश्यक कामका लािग मात्र यात्रा गर्न आग्रह गरेको छ ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया