ट्याङ्कीमा डुबेर बालकको मृत्यु
प्रकाशित मिति
२०७७ आश्विन ५ गते, सोमबार ०५:१५
बुटवल, रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।
मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्याङ्की भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो ।
रासस
Recent News
- कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित
- नेपाल बैंकका कर्मचारीको बीमा नेशनल लाईफ इन्स्योरेन्सले गर्ने
- डिजिटल भुक्तानीमा बढ्दो आकर्षण, मोबाइल बैंकिङबाट मात्रै ६६ खर्बभन्दा बढी कारोबार
- प्रधानमन्त्री बालेनले संवेदनशील भएर काम गरिरहनुभएको छ : रवि लामिछाने
- सर्वदलीय बैठकका तीन निर्णय सार्वजनिक : एक हप्ताभित्र गठन हुँदैछ संसदीय विशेष समिति
- नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत पारित
- नेप्से २१ अंकले घट्यो, ५ अर्ब ३८ करोडको कारोबार
- नबिल बैंकले माग्यो उद्यमशील सोच भएका युवा, फेलोसिप र सर्टिफिकेट कोर्समा आवेदन खुला
- तीन वर्षपछि कुमारी बैंकले प्रस्ताव गर्यो लाभांश, शेयरधनीलाई कति दिँदैछ ?
- चार महिनापछि खुल्यो सार्वजनिक सवारीसाधनको दर्ता
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ





प्रतिकृया