ट्याङ्कीमा डुबेर बालकको मृत्यु
प्रकाशित मिति
२०७७ आश्विन ५ गते, सोमबार ०५:१५

बुटवल, रुपन्देहीको भैरहवामा एकजना बालकको आज सेप्टी ट्याङ्कीमा डुबेर मृत्यु भएको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वार्ड नं १० दोदगहरी निवासी झिम्की कुर्मीका १० वर्षीय छोरा सुग्रिम कुर्मीको छिमेकीको निर्माणाधिन घरको सेप्टी ट्याङकीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिनुभयो ।
मृतक बालक शनिबार बेलुका ५ बजेदेखि हराएका र उनको खोजविन गर्दा आज घरदेखि करिब २०० मिटरको दूरिमा रहेको श्रवण लोनियाको निर्माणाधीन घरको सेप्टी ट्याङ्की भित्र पानीमा डुबी मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक खत्रीले बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको समेत उहाँले बताउनुभयो ।
रासस
Related
Recent News
- बागमतीमाथि लुम्बिनी ४८ रनले विजयी
- जगदम्बा मोटर्सले नयाँ एनटर्क रेस एक्सपी ब्ल्याक सार्वजनिक ग-यो
- स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक
- बीमा प्राधिकरणको सञ्चालक समिति सदस्य पोखरेलद्वारा शपथ ग्रहण
- रघुजी पन्तले राजा त्रिभुवनको आलोचना गर्दा ज्ञानेन्द्र शाही उठेर विरोध गरेपछि संसदमा वादविवाद
- लोकतन्त्र मुलुकको राजमार्ग हाे त्यसैले लाेकतान्त्रिक व्यवस्थाबाट मुलुक पछि फर्किँदैन : ओली
- प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता निराजन बम पक्राउ
- क्याविनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने मन्त्रीहरु फेर्ने बेला आयो : रघुजी पन्त
- होली खेल्ने क्रममा भएको विवादमा छुरा प्रहारबाट एक युवकको मृत्यु
- पूर्वविशिष्टको सुविधा बढाउने होइन, सांसदहरुकै सुविधा घटाउनुपर्छ- प्रकाश ज्वाला
Crime
- अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
- मलेसिया र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्न खोज्ने युवा पक्राउ
- पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
- हराएका २० ओटा दुई पाङग्रे सवारी साधन ट्राफिक प्रहरीद्वारा खोजतलास गरी धनीलाई हस्तान्तरण
प्रतिकृया