• ८ असोज २०८३, बिहीबार
  • १०ः४२ राती

प्लेनले सबै सिटमा यात्रु बोक्ने भए बसले किन नपाउने: नेपाल यातायात व्यवसायी

प्रकाशित मिति

२०७७ आश्विन ४ गते, आईतवार ११:१५

काठमाडौं, यातायात व्यवसायीहरुले सार्वजनिक सवारीमा सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने माग अघि सारेका छन् । आन्तरिक सेवाका विमानलाई सरकारले पूर्ण क्षमता सञ्चालन गर्न दिन सहमति जनाएसँगै यातायात व्यवसायीले बसमा पनि आधा सिट मात्रै यात्रु राख्ने प्रावधान हटाउन माग गरेका छन् ।

National Life

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला आन्तरिक वायुसेवा र बसमा पूर्ण क्षमता यात्रु चढाउनुबीच कुनै अन्तर नभएको बताउँदै पुरै बसलाई यात्रु बोक्न दिने गरी निर्णय हुनुपर्ने बताउँछन् ।‘आन्तरिक हवाई उडानमा यात्रुबीच दूरी कायम हुँदैन भने बसमा मात्रै किन त्यो नियम लगाउने ?’ सिटौलाले भने,’हामी विमानका यात्रु र वायुसेवा सञ्चालकले जे-जे मापदण्ड पुरा गर्छन्, त्यो पालना गर्न हामी पनि तयार छौं ।’

उनले पुरै सिट क्षमता यात्रु बोक्न दिए ५० प्रतिशत बढी भाडा लिनुनपर्ने बताउँछन् । अहिले बसहरुले यात्रु नै नपाइरहेको भन्दै उनले पाउँदा पनि आधा मात्रै बोकेर हिँड्दा लामो दूरीको सवारीलाई सञ्चालन खर्च उठाउन मुस्किल परिरहेको दावी गरे ।‘सरकारले बीच बाटोमा यात्रु हाल्न नपाउने नियम बनाओस्, त्यसमा कडाइ गरोस्,’ उनी भन्छन्,’विमानमा पनि पीसीआर गरेर चढ्ने होइन भने भौतिक दूरी पालना बसमा मात्रै लागू हुनुपर्छ भन्नु तर्कसंगत छैन ।’

Classic Tech Mobile
Classic Tech Desktop

व्यवसायीहरुले दशैं नजिकिएकाले बसमा यात्रुको चाप बढ्न सक्ने भएकाले अहिले सरकारले लगाएको नियम पालना गर्न कठीन हुने अवस्था आउने बताएका छन् । विगतमा पनि दशैंका बेला यात्रुले कोचाकोच गरेर यात्रा गरेकोर अहिले आधा मात्रै सिट क्षमता यात्रु बोकेर सेवा दिन बसको संख्या नै पर्याप्त नहुने तर्क उनीहरुको छ ।‘सरकारले बसमा विमानमा भन्दा सानो लगानी छ भनेर द्वैध खालको नीति ल्यायो भने यात्रु आफैं मर्कामा पर्छन्,’ सिटौला भन्छन्,’सरकारले गरेको निर्णयबारे महासंघले बैठक बसेर आफ्नो धारणा बाहिर ल्याउँछ । हामी सरकारलाई सार्वजनिक यातायातमैत्री नियम बनाउन झकझकाउँछौं ।’

प्रतिकृया