• २४ भदौ २०८३, बुधबार
  • ४ः४० बेलुका

दशैं गीत ‘पीडा परदेशीको’ रिलिज (भिडियो)

प्रकाशित मिति

२०७७ आश्विन ३ गते, शनिबार ०२:४७

 

National Life

नेपालगन्ज, गायक यज्ञ बिकको नयाँ दशैं गीत रिलिज भएको छ। रिलिज भएको ‘पीडा परदेशीको’ बोलको गीतमा यज्ञ बिक र रेनुका थापाको सुमधुर आवाज रहेको छ। गीतमा यज्ञ बिकको लय अनि शब्द रहेको छ। दशै तिहार जस्तो महान चाडमा पनि घर आउन नपाएका लाखौं परदेशी दाजुभाइको कथा यज्ञले गीतमा उतारेका छन् । गीतका प्रत्येक शब्दले मन छुन्छन।

गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। गीतको भाव अनुसार भिडियो निर्माण गरिएको छ। भिडियोमा सुरबिर पण्डित , हिउवाला गौतम , आशिर प्रताप जंग र रेनुका थापा फिचर्ड छन् । भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन् । राजेश घिमिरेले आकर्षक फ्रेममा खिचेका छन् ।भने, भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । भिडियो रेनुका थापाको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको हो। हेर्नुस्

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया