• २५ भदौ २०८३, बिहीबार
  • ३ः४६ दिउँसो

बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा युवक पक्राउ

प्रकाशित मिति

२०७७ आश्विन ३ गते, शनिबार ०१:०५

कास्की,प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउपालिका–६ घर भई पोखरा लामाचौर बस्ने ३२ वर्षीय विकास विक रहेका छन् । विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुर्व्यहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । पीडित बालिकाले दिएको जाहेरीको आधारमा विकलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी श्रेष्ठले बताए । विकविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।

National Life

प्रतिकृया