• ८ असोज २०८३, बिहीबार
  • ८ः५४ राती

योगमाया विविमार्फत आयुर्वेद र योगको विकास गरिने छः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ भाद्र २६ गते, शुक्रबार ०६:१८

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले निरोग नेपाल निर्माण अभियानमा नेपालको मौलिक चिकित्सा प्रणाली आयुर्वेदको असाधारण भूमिका हुने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  आयुर्वेदिक क्षेत्रका विज्ञसंँग छलफलमा उहाँले कोभिड –१९ को रोकथाम, उपचार र नियन्त्रणमा आयुर्वेदको पनि महत्वपूर्ण भूमिका हुने भएकाले यसलाई प्राथमिकता दिइने स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकीकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिनुभयो । आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने प्रवृत्ति हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको जनाउँदै यसमार्फत भविष्यमा सिङ्गो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगको विकास गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।

National Life

कोरोना भाइरस नियन्त्रणमा आयुर्वेदलाई प्रयोग मात्रै नगर्न र यसको प्रयोगलाई बढाउन उहाँले सबैको ध्यानाकर्षण गर्नुभयो । प्रधानमन्त्री ओलीले आयुर्वेदमार्फत उपचारमा हाल भइरहेका काम र उपयोगी घरेलु विधिको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट व्यापक प्रचारप्रसार गर्न पनि आग्रह गर्नुभयो ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा ऋषिराम कोइराला, डा प्रदीप केसी, विनोद पौडेल, डा रामआधार यादव, डा सन्तोष ठाकुर, प्रा डा डिबी रोका, डा शिवमङ्गल प्रसाद, डा प्रकाश ज्ञवालीलगायतले प्रधानमन्त्रीका तहबाट आयुर्वेद क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकामा आभार र धन्यवाद ज्ञापन गर्नुभयो । छलफलमा नेपाल कम्युनिष्ट पार्टी  अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पनि सहभागी हुनुहुन्थ्यो ।
रासस

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया