भारतमा २४ घण्टामा भेटिए ९० हजार कोरोना संक्रमित
प्रकाशित मिति
२०७७ भाद्र २१ गते, आईतवार १२:०४
एजेन्सी, भारतमा कोरोना संक्रमितको आँकडामा पछिल्लो पाँच दिनमा एकपटक पनि गिरावट देखिएको छैन । शनिबार यो रेकर्ड ९० हजार पार पुगेको छ ।
पछिल्लो २४ घण्टामा यहाँ कूल ९० हजार ६ सय कोरोना संक्रमित भेटिएका छन् । हालसम्म यहाँ ४१.१० लाख संक्रमति भेटिइसकेका छन् । यस्तै एकैदिन यहाँ ७३ हजार बिरामी निकोसमेत भइसकेका छन् । यससँगै यहाँ निको हुनेको संख्या ३१.७७ लाख पुगेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ हजार ४४ को मृत्यु भएको छ भने हालसम्म यो संक्रमणले भारतमा ७० हजार ६ सय ७९ ले ज्यान गुमाइसकेका छन् । ८.६१ लाख बिरामीको उपचार चलिरहेको छ ।
Recent News
- कजारिया टायल्सको ‘मेसन मिट २०२४’ सम्पन्न
- नेपाल इन्जिनियरिङ कलेजद्वारा प्रादेशिक छात्रवृत्ति वितरण
- मानवसेवा आश्रम निर्माणार्थ महायज्ञः सोमवार २८ लाखभन्दा बढी रकम बढी सङ्कलन
- यु-१९ एशिया कपका लागि टोली घोषणा
- एनपीएल : चितवन राइनोजविरुद्ध रोहितको अर्धशतक
- एमालेको सचिवालय बैठक बस्दै
- रौतहटमा स्कारपियो दुर्घटना, ८ जनाको मृत्यु
- जलवायु न्याय माग्दै नेपालले अन्तर्राष्ट्रिय अदालतमा राख्यो आफ्नो भनाई
- दक्षिण कोरियाका राष्ट्रपति योलमाथि यात्रा प्रतिबन्ध
- रवि लामिछानेसँग वीरगन्जमा बयान लिइँदै
प्रतिकृया