• २८ भदौ २०८३, आइतबार
  • ८ः५२ राती

भक्तपुरमा रगतको अभाव छैन

प्रकाशित मिति

२०७७ भाद्र २१ गते, आईतवार ०५:५१

भक्तपुर, कोभिड–१९ को बढ्दो जोखिम र लगातारको लकडाउनका कारण रगतको अभाव बढ्दै गएको अवस्थामा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्वारा यहाँ सञ्चालित रक्त सञ्चार केन्द्रमा रगतको अभाव भएको छैन । काठमाडौँ उपत्यका सहित काभ्रेपलाञ्चोकसम्मका बिरामीलाई समेत आवश्यक रगत वितरण गर्दै आएको सोसाइटी भक्तपुर शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिनुभयो ।
केही दिन अगाडिसम्म उपत्यकामा रगतको चरम अभाव भएको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम र लकडाउनका कारण रक्तदान कार्यक्रममा आएको कमीका कारण अस्पतालका बिरामीले रगत चाहिए रक्तदाता आफै लिएर आउनु पर्ने अवस्था समेत उत्पन्न भएको थियो ।

National Life

उहाँले रक्तदानका कार्यक्रम कमी हुँदा र रक्तदाता समेत घटेको अवस्थामा बिरामीले सहज रगत नपाउने गरी केहीदिन समस्या देखिए पनि अहिले रगत अभाव नरहेको जानकारी बताउनुभयो । शाखाले रक्तदान गर्न आह्वान गर्दै टोलटोलमा रक्तदान कार्यक्रमको आयोजना गर्न थालेपछि रगत सङकलन पर्याप्त भएकाले रगतको अभाव नभएको उहाँले जानकारी दिनुभयो । अहिले दैनिक कम्तीमा दुई वटा रक्तदानका कार्यक्रम हुने गरेको र शनिबार धेरै रक्तदान कार्यक्रम हुने गरेको जनाउँदै सभापति थापाले भन्नुभयो, “दैनिक करिब १०० देखि १२५ पिन्ट रगत संकलन हुने गरेको छ, शनिवार आज ३५० पिन्ट रगत संकलन भयो, रगत पर्याप्त छ, रगत चाहिए भक्तपुर आउँनुस् ।”
रगत नपाएर बिरामीको आफन्तलाई भौतारिनु पर्ने अवस्थाको अन्त्य गर्न रेडक्रस लागिरहेको जनाउँदै उहाँले अत्यावश्यक अवस्थामा रक्तदातालाई बोलाएर पनि रगत झिकेर बिरामीका लागि पठाउने गरेको बताउनुभयो ।
रासस

प्रतिकृया