• ९ असोज २०८३, शुक्रबार
  • ५ः१६ बिहान

छुरा प्रहार गरी श्रीमतीको हत्या

प्रकाशित मिति

२०७७ भाद्र १९ गते, शुक्रबार ०१:४९

काठमाडौं, आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका–९ घर भएका ३६ वर्षीय अजय बिकलाई आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

National Life

घरायसी विवादमा बिकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।यता, धादिङको निलकण्ठ नगरपालिका–१३ खल्चेत बस्ने २६ वर्षीय राजु परियारलाई सोही ठाउँ बस्ने ६४ वर्षीय सोम बहादुर गुरुङको हत्या गरेको अभियोगमा बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

वादविवादको क्रममा राजुले गुरुङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या गरे पश्चात जिल्ला प्रहरी कार्यालय धादिङ गई आफैले हत्या गरेको बताएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया