• ९ असोज २०८३, शुक्रबार
  • ६ः५० बेलुका

क्रियाशील पत्रकारको कोरोना बीमा

प्रकाशित मिति

२०७७ भाद्र १९ गते, शुक्रबार ११:४३

कलैया, नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरुको कोरोना बीमा गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोनाको त्राससंगै पत्रकार तथा सञ्चारकर्मीहरु समेत मैदानमा उत्रिएर जोखिम मोल्दै समाचार संकलन गर्नु पर्ने बाध्यातालाई ध्यानमा राखेर बीमा गरिदिएको हो ।

National Life

गत साउन ५ गते कोरोन बीमाका लागि पत्रकारहरुलाई आह्वान गरे अनुसार नागकिरताको फोटोकपी प्राप्त भएका बाराका पत्रकार तथा सञ्चारकर्मीहरुको बीमा गरिएको नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिए । आफै आवद्ध बाराको सबैभन्दा पहिलो दैनिक पत्रिका कृपाबाट आर्थिक श्रोत जुटाएर सिद्धार्थ इन्सोरेन्समा बीमा गरेको पनि उनले बताए ।कोरोना बीमा कोरोना संक्रमित भएको खण्डमा एकलाख रुपैयाँ पाउने गरी व्यवस्था मिलाइएको पनि अध्यक्ष उपाध्यायले जानकारी दिए ।

कोरोनाको कहरका बीचमा पत्रकार महासंघले संचारकर्मीहरुका लागि मास्क,सेनिटाइटर लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध गराउदै आएको अध्यक्ष उपाध्यायले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया