• ८ असोज २०८३, बिहीबार
  • १०ः१७ बिहान

प्रमोद र सृष्टिको सुकुटी

प्रकाशित मिति

२०७७ भाद्र १९ गते, शुक्रबार १०:०४

झापा, सबैका प्रीय गायक प्रमोद खरेलको बिलकुलै नयाँ गीत बजारमा आएको छ । उनले ‘सुकुटी’ बोलको गीत दर्शकसामु ल्याएका हुन् । यस गीतमा प्रमोद र सृष्टि हिङमाङको स्वर सुन्न सकीन्छ । चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् ।

National Life

गीतमा कृष्ण उदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा रेनिश फागोको रंग, आरजु बैजुको कोरियोग्राफी, संकल भुजेलको छायांकन, बनिष शाहको सम्पादन र शिशिर खातीको निर्देशन छ । भिडियोको निर्माता सुवास बस्नेत हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया