• ७ असोज २०८३, बुधबार
  • ५ः२६ बिहान

बालिका पूजामा उर्लियो भीड

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०७:४५

राजविराज, १३ वर्षीया मुनचुनकुमारी दासलाई उनकी आमाले बिहान सबेरै उठाउँछिन्। नुहाएर सफा कपडा लगाइदिएपछि नास्ता खुवाउँछिन्। त्यसपछि बिहान ७ बजे नजिकै ठाकुर बाबाको मन्दिरमा लगेर राख्छिन्।

National Life

यो घटना सप्तरीस्थित दक्षिण–पश्चिमको बलान बिहुल गाउँपालिका–६ रौतहटको हो। प्राचीनकालका राजा ठाकुर बाबा नुहाउने भनिएको बडकी ९ठूलो० पोखरीछेउ निर्मित मन्दिरमा सप्तरी र सिरहाका गाउँबाट भीड उर्लिन थालेको छ। उनीहरू देवीस्वरूप मानेर ती बालिकालाई ढोग्छन्। सबैले गच्छेअनुसार पैसा चढाउँछन्।

बालिकाका आफन्तले जिम्मेवारी बाँडफाँट गरेका छन्। जसअनुसार दर्शनार्थीलाई प्रसाद वितरणको जिम्मा सिरहाको महेशपुरबाट आएकी फुपू सागैरदेवीले पाएकी छन्। भीड कम भएका बेला दिउँसो १–२ बजे बालिकालाई घर पु¥याएर खाना खुवाइन्छ। पुनः नुहाएर कपडा फेराई बेलुका ७ बजेसम्म मन्दिरमै राखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना भाइरस फैलिएका बेला राजविराजबाट ३५ किलोमिटर दूरीमा रहेको रौतहट गाउँमा तीन दिनदेखि यही प्रक्रिया चलिरहेको छ। स्थानीय परशुराम महरानले बालिकाको दर्शन गर्न दर्जनौं गाउँबाट सयौं संख्यामा दर्शनार्थी आउने क्रम बढिरहेको बताए। सहभागी केहीले मात्र मास्क लगाएका छन्।

गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जनभावनालाई कदर गरी दैवी शक्तिमाथि विश्वास गर्दै पूजा गर्न दिइएको बताए। भीडलाई व्यवस्थित गर्न सहयोग गरिरहेको उनको भनाइ छ। बढ्दो भीड कोरोना ‘बम’ बन्ने जोखिम देखिएको सशस्त्रका इन्स्पेक्टर लाल खड्काको चिन्ता छ। उनका अनुसार जनप्रतिनिधिले अवरोध नगर्न भनेकाले भौतिक दूरी बनाएर दर्शन गर्न आग्रह मात्र गरिएको छ।
अन्नपूर्ण पोस्ट् दैनिकबाट साभार

प्रतिकृया