• ७ असोज २०८३, बुधबार
  • ५ः२८ बिहान

जसपामा शीर्ष नेताहरू नै असन्तुष्ट

प्रकाशित मिति

२०७७ भाद्र १५ गते, सोमबार ०७:३५

काठमाडौं, जनता समाजवादी पार्टी ९जसपा०भित्र पदाधिकारी विवाद चर्किँदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या खडा भएको छ ।

National Life

तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका अध्यक्षहरू शरतसिंह भण्डारी, महेन्द्र राय यादव, अनिल झा र राजकिशोर यादवले एकीकृत जसपामा वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएका छन् । तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलमा अध्यक्ष रहेका महन्थ ठाकुर जसपाको अध्यक्ष र अर्का अध्यक्ष राजेन्द्र महतो वरिष्ठ नेताको जिम्मेवारीमा छन् ।

जसपा स्रोतका अनुसार भण्डारी, यादव, झा र राजकिशोरले ठाकुरबाट आफूहरूलाई धोका भएको आरोप लगाउँदै आएका छन् । जसपा कार्यकारिणी समितिमा ठाकुर र महतोले आफू निकटका नेतालाई जिम्मेवारी दिएको तर आफू निकटका नेतालाई वास्ता नगरेको आरोप चारै नेताले लगाउँदै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

‘चारै जना नेताले ठाकुरजीले आफूहरूलाई धोका दिएको आरोप लगाउँदै आउनुभएको छ,’ जसपा कार्यकारिणी समितिका एक सदस्यले भने, ‘असन्तुष्ट चारै जना नेता महतोजीले जस्तै आफूहरू पनि वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडानमा हुनुहुन्छ ।’

चार जना नेताले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान लिएपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले तत्कालीन समाजवादी पार्टीबाट पनि उही संख्यामा वरिष्ठ नेता राख्दा भद्रगोल हुने बताउँदै मिलाउन आग्रह गरेका छन् ।
राजधानी दैनिकबाट साभार

प्रतिकृया