• ८ असोज २०८३, बिहीबार
  • ५ः०२ बेलुका

आज गणेश चतुर्थी, गणेशको पूजाअर्चना गरिदै

प्रकाशित मिति

२०७७ भाद्र ६ गते, शनिबार ०९:३६

काठमाडौं, आज गणेश चतर्थी । भगवान् गणेशको विशेष पूजाअर्चना गरिदैछ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको गणेश चतुर्थीमा विशेष पूजा गरिन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

National Life

आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादीलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ । तर, यस वर्ष कोरोना भाइरसको संक्रमणबाट बच्न जारी निषेधाज्ञाले भक्तजनले पूजा आराधना गर्न सक्ने अवस्था छैन । यसैले घरमै गणेशको पूजा आराधना गरिदैछ ।

शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त छ । आज हरितालिका ९तीज० को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा।रामचन्द्र गौतमले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

बिहान हरितालिका ९तीज० को व्रत समापनका लागि पारायण गरी मध्याह्नकालमा गणेशको पूजा आराधना गरी अर्घ्य दिनुपर्ने विधि रहेको गौतमले बताए । यस अवसरमा केही मानिसले भने गणेश चतुर्थीको व्रतसमेत गर्छन् ।

आजकै दिन भगवान् गणेशको हरेक मंगलबार ब्रत बस्न चाहनेले विशेष पूजाआजा गरि ब्रतसमेत प्रारम्भ गर्ने गर्दछन् ।

प्रतिकृया