• 10:38 pm

दादुरा रुबेला खोप अभियानमा नेपाल सफल, १५ हजार बढिले खोप पाए

प्रकाशित मिति

२०७७ भाद्र ३ गते, बुधबार ०५:२१

काठमाडौं, नेपाल दादुरा रुबेला खोप अभियानमा सफल भएको छ । सरकारले संचालन गरेको यो अभियानमा लक्ष्य भन्दा झण्डै १५ हजार ५०० बढि बालबालिकाले खोप पाएका छन् । विश्वनै कोरोना महामारीले आक्रान्त भएर विभिन्न क्षेत्रमा व्यापक असर पारिरेहको हालको अवस्थामा पनि नेपाल दादुरा रुबेला खोप अभियानमा सफल भएको हो ।

सरकारले दुई चरणमा संचालन गरको यो खोप अभियानमा कुल २५ लाख ६३ हजार ८१० जना बालबालिकाले खोप पाएको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्याङ्कले देखाएकोछ ।

प्रतिकृया