जरासन्धको नीति-शत्रु शक्तिशाली भए के गर्ने ?
प्रकाशित मिति
२०७७ भाद्र ३ गते, बुधबार ०५:२१
काठमाडौं, महाभारतमा शक्तिशाली राजाहरुको वर्णन गरिएको छ । जसमध्यका एक शक्तिशाली राजा हुन- जरासन्ध । उनी मगधका राजा थिए ।
महाभारत अनुसार जरासन्ध र भगवान श्रीकृष्ण बीच युद्ध भएको थियो । उक्त युद्ध कृष्णले कूटनीतिको माध्यमबाट जित हासिल गरेको उल्लेख छ ।
हालको विहारमा पर्ने मगधका राजा जरासन्ध निकै कठोर थिए । उनले राजा तथा मन्त्रीहरुलाई पहाडी क्षेत्रमा बन्दी बनाएर राख्ने गर्थे । महाभारतका अनुसार भीमले जरासन्धसँग युद्ध गरेर उनलाई मारेका थिए ।
श्रीमदभागवत गीतामा उल्लेख भएअनुसार भगवान कृष्ण र बलरामले जरासन्धसँग युद्ध गरेका थिए ।
जरासन्ध निकै कुटनीतिक चाल चल्थे । शत्रु शक्तिशाली भयो भने कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा उनी निकै चनाखो रहन्थे । सोही अनुरुप उनी युद्ध मैदानमा उत्रिन्थ्ये ।
एक पटक कृष्ण र जरासन्धको बीचमा युद्ध चलिरहेको अवस्थामा कृष्ण र बलराम भागिरहेका थिए, त्यतिबेला जरासन्ध हाँसेका थिए । धेरै पर पुगेपछि उनीहरु निकै उचाइको प्रवर्शण पर्वत चढेका थिए । उनीहरु यो पर्वत चढेसँगै जरासन्धले पर्वतको चारैतिर आगो लगाइदिएको थियो । ठूलो आगो लागेपछि कृष्ण र बलराम ४४ कोशको पर्वतबाट जरासन्धको सैनिको घेरा नाघेर तल आएका थिए ।
उनीहरुलाई जरासन्ध र उनका सैनिकले देख्न सकेनन् । जरासन्धले उनीहरु मरेको ठानी आफ्नो सेना लिएर मगध फर्किए । यो युद्धका क्रममा कृष्णले जरासन्धलाई कृष्ण र बलराम मारिए भन्ने भ्रम उत्पन्न गर्न सफल भए ।
यसका साथै उनको युद्धबाट शत्रु आफूभन्दा बलियो छ भने पहिला आफू पनि बलियो बन्नु जरुरी हुन्छ भन्ने सन्देश पनि दिएका छन् ।
आफू युद्धका लागि सक्षम छैन भन्ने लागेमा युद्ध छाडेर भाग्नुमा पनि कुनै खराबी नहुने नीतिबाट बुझ्न सकिन्छ ।
को थिए जरासन्ध
उनी एक चंद्रवंशी क्षेत्रीय राजा थिए । वायु पुराणका अनुसार बृहद्रथको कुलमा जन्मिएका उनले मगधमा उनले लामो समयसम्म शासन गरेका थिए । शास्त्रमा उल्लेख भए अनुसार उनले १ हजार वर्ष शासन गरेका थिए । त्यसपछि मात्र नन्द वंशको शुरुवात भएको थियो ।
उनको जन्मको कथा पनि रोचक छ । उनका पिता बृहद्रथका दुई पत्नी थिए । बृहद्रथ दुबै पत्नीलाई समान माया गर्दथे । तर उनका कुनै सन्तान थिएनन् । जसका कारण उनी निकै दुःखी रहन्थे । एक पटक एक ऋषि ने वरदान स्वरूप बृहद्रथलाई एक फल दिएका थिए । ऋषिले उक्त फल पत्नीलाई खुवाउन सुझाएका थिए ।
बृहद्रथले उक्त फललाई दुई बराबर भाग लगाएर पत्नीलाई दिए । उक्त फल खाएपछि दुबै पत्नी गर्भवती बनेकी थिइन् । जब बच्चाको जन्म भयो ती बच्चाहरुक पनि आदि(आदि शरिरका जन्मिए । यस्ता बच्चाहरुलाई देखेर बृहद्रथ निकै त्रसित बने । दुःखी मनले उनले ती दुबै आधि आधि हिस्सामा बाँढिएका शिशुलाई जंगलमा फ्याकिदिएका थिए ।
जंगलमा वन दुर्गाले ती शिशुहरु देखेपछि उनले उनीहरुलाई जोडेर एक बनाइन् र जरासन्धलाई फिर्ता दिएको किंबदन्ति छ ।बृहद्रथले वन दुर्गाको नामलाई नै जोडेर आफ्ना पुत्रको नाम जरासन्ध राखेका थिए ।
प्रतिकृया