• २८ भदौ २०८३, आइतबार
  • ७ः४० बेलुका

मृतकका परिवारलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०७७ भाद्र २ गते, मंगलवार ०१:१२

सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा परी मृत्यु भएका परिवारलाई रु एकएक लाख प्रदान गरिएको छ । जुगल गाउँपालिकाले मृतक परिवारलाई रकम हस्तान्तरण गरेको पालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

National Life

किरियाखर्चबापत प्रतिमृतक रु २५ हजार र बेपत्ताका परिवारलाई राहतस्वरुप प्रतिव्यक्ति रु २५ हजार उपलब्ध गराउने गाउँपालिकाको निर्णयबमोजिम नगद पूर्वसांसद सुभाष कर्माचार्यले हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरणमा उहाँसहित जुगल गाउँपालिका र इन्द्रेणी परिवार हिँडेर लिदी पुगेका थिए । पहिरो प्रभावितलाई प्रतिपरिवार रु एक लाख २५ हजारदेखि दुई लाख ५० हजारसम्म प्रदान गरिएको जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
रासस

प्रतिकृया