• २ असोज २०८३, शुक्रबार
  • १२ः२९ राती

सुदूरपश्चिम प्रदेशमा रहेको ‘स्वर्ग’ बडिमालिका (फोटोफिचर)

प्रकाशित मिति

२०७७ श्रावण ३० गते, शुक्रबार ०८:५६

 

National Life

बाजुरा, सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको धार्मिक आस्थाको केन्द्र बडिमालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो ।

धार्मिक आस्थाको केन्द्र बडीमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ। त्यस दिन सबै तिर्थालुहरु बडीमालीकाको चुचुरोमा पुगिसकेका हुन्छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बडिमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टीबाट चर्चित गन्तव्य, ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार जस्तै लाग्छ बडिमालिका । उक्त क्षेत्रबाट बाजुरा सहित अछाम, बझाङ्ग, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ ।

बर्षादका अरु महिना भेडा च्याङ्ग्रा, घोडा खच्चड र भैसीहरुलाई चरिचरनमा प्रयोग हुन्छ । वर्षको दुई पटक गँगा दशहरा र जनै पूर्णिमाको अघिल्लो दिन साउने चतुदर्शीका दिन भब्य मेला लाग्ने गरेको छ । गंगा दशहरा भन्दा साउने चुतदर्शीका दिन दर्शनार्थीहरुको घुईचो बढी हुन्छ ।

त्यो समयमा सुदूरपश्चिम तथा मध्यपश्चिमका सबै जिल्ला र देशका अन्य जिल्लाबाट पनि दर्शनार्थीहरु आउने गरेका हुन्छन् । बडिमालिकामा बाजुरा र कालीकोट जिल्लाको प्रमुख हक रहने गरेको छ ।

मालिका देवीको स्वागतका लागि बाजुरा लगायत कालीकोट, डोटी, हुम्ला र जुम्ला जिल्लाबाट सयुक्त टाँगो (पुजापाठमा आवश्यक पर्ने सामाग्री) सहितको टोली आउने गरेको छ । प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास रहेकोछ ।

सो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थलहरु, हरिया फाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्रका प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रको दर्शनपछि फर्किने सबै लुकेको स्वर्गको संज्ञा दिने गर्दछन् ।

बडिमालिका दर्शनका लागि तत्कालिन राजा वीरेन्द्र, महेन्द्र लगायत पुगेको स्थानीय सुनाउंछन् । हालपनि नेपाली सेनाका कर्णेल तहको अधिकारीले पुजा गर्न गरेका छन् । बडिमालिका क्षेत्रमा हरियाली फाँटमा भेंडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ ।

प्रतिकृया