• ७ असोज २०८३, बुधबार
  • ४ः२० बिहान

व्यापारीलाई जग्गा दिन चलखेल सुरु

प्रकाशित मिति

२०७७ श्रावण २९ गते, बिहीबार ०८:४८

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा निजी व्यापारी र भूमाफियालाई उपभोग गर्न दिनेगरी चलखेल सुरु भएको छ ।

National Life

काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा बुधबार बसेको वीपी प्रतिष्ठानको कार्यकारिणी समितिको बैठकले स्वामित्वमा रहेको अचल सम्पत्ति (जग्गा) निजी क्षेत्रसँग समझदारी गरेर उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लान सैद्धान्तिक सहमति प्रदान गरेको हो ।

स्रोतका अनुसार कार्यकारिणी समितिबाट सैद्धान्तिक सहमति लिई सिनेटमा पेश गर्न तयार पारिएको यो प्रस्ताव सिनेटबाट पनि स्वीकृत भएको अवस्थामा वीपी प्रतिष्ठानले उपभोग गरिरहेको काठमाडौंको बाँसबारीस्थित करिब ७ रोपनी जग्गा, भक्तपुरमा रहेको १२ रोपनी, धरान छाता चोकमा रहेको करिब ६ कठ्ठा जग्गा मोरङको सुन्दर हरैंचामा रहेको १४ विघामध्ये ७ विघा जग्गा निजी क्षेत्रलाई दिन बाटो खोलिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीको मिलेमतोमा प्रतिष्ठानको जग्गा निजी क्षेत्रलाई दिनेगरी प्रस्ताव आएकाले सिनेटबाटसमेत पारित हुने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ ।

सरकारले कोरोना–१९ संक्रमणको जोखिम बढ्दै गइरहेको कारण देखाउँदै अत्यावश्यकबाहेकको कुनैपनि प्रकारको बैठक, गोष्ठी समीक्षा, छलफल, सेमिनार र भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न÷नगराउँन र अन्य जमघट नगर्न निर्देशन दिएको भोलिपल्टै वीपी प्रतिष्ठानका उपकुलपति गिरीले काठमाडौंमा कार्यकारिणी समितिको बैठक राखेर प्रतिष्ठानको जग्गा निजी क्षेत्रलाई उपयोग गर्न दिनेगरी सिनेटमा प्रस्ताव लाने सैद्धान्तिक सहमति लिएका छन् ।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले मानिसको जमघट, भेटघाट एवं नजिकिने कार्यबाट कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको हुँदा अत्यावश्यकबाहेकका कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलाजस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउने निर्णय गरेको जानकारी गराएका थिए ।

तर मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको भोलिपल्टै त्यसलाई उल्लंघन वीपीका पदाधिकारीहरुले निजी व्यापारी र भूमाफियाको स्वार्थपूति गर्ने उद्देश्यले प्रतिष्ठानको जग्गा उपभोग गर्न दिनेगरी सिनेटमा लाने एजेन्डा स्वीकृत गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा लेखिएको छ ।

प्रतिकृया