• ९ असोज २०८३, शुक्रबार
  • २ः२८ दिउँसो

आज कोरोनाबाट थप तीन जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ७३ पुग्यो

प्रकाशित मिति

२०७७ श्रावण २४ गते, शनिबार ०५:२०

काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँका १, पर्सामा १ र मोराङमा एक जनाको मृत्यु भएको हो। यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ।

National Life

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको मृतयु भएको बताए। पाटन अस्पतालमा उपचाररत ती महिलोको शुक्रबार मृतयु भएको उनले जनाकारी दिए। ती महिला पाठेघरको क्यान्सर र निमोनियाको समस्याबाट पीडित रहेको उनले जनाकारी दिए।

त्यस्तै कोरोनाबाट पर्साको वीरगन्जका ७४ वर्षीय पुरुषको मृत्यु भएको मनत्रालयले जनाएको छ। वीरगन्ज महानगरपालिका–३ छपकैया ती पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको थियो। मधुमेह र दमका रोगी उनको मृत्युपछि मात्रै कोरोना पुष्टि भएको हो।

Classic Tech Mobile
Classic Tech Desktop

कोरोना संक्रमणबाटै मोरङको विराटनगर महानगरापािलका –९ का ५८ वर्षीय पुरुषको मृत्यु भएको छ। उच्च रक्तचापका रोगी ती पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिकृया