• ८ असोज २०८३, बिहीबार
  • ११ः०२ बिहान

मनसुन सक्रिय, तीन दिन देशभर वर्षा हुने

प्रकाशित मिति

२०७७ श्रावण २४ गते, शनिबार १२:५४

आगामी तीन दिन मनसुन सक्रिय हुने हुँदा देशभर वर्षा हुने भएको छ। आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक सर्ने सम्भावना देखिएकाले दुईरतीन दिनसम्म देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

National Life

यस वर्ष मनसुन बढी सक्रिय भएकाले निरन्तर वर्षा भइरहेको छ। मनसुनी रेखा नेपालमा धेरै दिनसम्म रही रहेकाले वर्षा बढी भएको बताइएको छ। आज रातिबाट दुई÷तीन दिनसम्म नेपालमा मनसुन सक्रिय भई देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले पहिरो र बाढीको जोखिम भएको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ।

हाल प्रदेश नं २ र ५ का केही भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कणाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया