मानवसेवा आश्रमद्वारा बेसहारा, अशक्त बृद्ध जोडीको उद्धार
प्रकाशित मिति
२०७७ श्रावण २० गते, मंगलवार ०८:१०
काठमाडौं । बा आमाको प्रेमलाई छोरा छोरीले नस्वीकारेपछि शालिनदीको पुलमुनी प्रेमको ईतिहास कोर्दै गरेको बृद्ध जोडीलाई मानवसेवा आश्रमले उद्धार गरेको छ ।
शंखरापुर नगरपालिका शालि नदिको पाटीमा बस्दै आएका दुई अशक्त श्रीमान् श्रीमतीको उद्धार गरिएको छ । बुबाको दोस्रो विवाहलाई छोराछोरीले स्वीकार नगरेपछि दुईजना लामो समयदेखी सडकजीवन विताउदै आइरहेको थिए ।
बोल्न नसक्ने श्रीमती र हिड्न नसक्ने ७० बर्षीय बृद्ध श्रीमान् शाली नदिको किनारमा कष्टपुर्ण जीवन विताउदै आइरहेका उक्त बृद्धबृद्धालाई स्थानियले पाटीमा सारेका थिए ।
शंखरापुर नगरपालिकाका प्रमुख, उपप्रमुख, महानगरीय प्रहरी प्रभागका प्रमुख एवं मानवसेवा आश्रमको उपाअध्यक्ष धर्मप्रसाद पौडेलज्यु लगाएतको समुहले बृद्धबृद्धा आमाबुबाको उद्धार गरेको हो । कोभिड परिक्षण पश्चात् उनिरुलाई मानवसेवा आश्रम ललितपुर शाखामा राखिएको छ ।
मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लागि प्रतिवद्ध रहेको जनाएको छ ।









प्रतिकृया