• ७ असोज २०८३, बुधबार
  • २ः४२ राती

पत्रकार पाण्डेद्वयलाई गरेको दुर्व्यवहारप्रति महासंघको घोर भर्त्सना

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०६:५८

 

National Life

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले जिल्ला उपाध्यक्ष दिनेश पाण्डे र केन्द्रीय सभासद भगवती पाण्डेमाथि अख्तियारका कर्मचारीले गरेको दुव्र्यवहारप्रति घोर भर्त्सना गरेको छ । अध्यक्ष यानेन्द्र जीसी र सचिव रामप्रसाद आचार्यद्वारा जारी विज्ञप्तीमा सार्वजनिक स्थानमा गरिएको खानतलासीको भिडियो तथा तस्वीर लिनेक्रममा पत्रकार परिचय दिँदा समेत गरिएको अभद्र व्यवहारले सिंगो संस्थाप्रति प्रश्नचिन्ह उब्जाएको उल्लेख छ ।

विज्ञप्तीमा सरकारी जिम्मेवारीमा रहेका व्यक्तिले पत्रकारमाथि गरेको यस्तो व्यवहारले राम्रो सन्देश नदिने बताउँदै घटनाका आरोपितलाई तत्काल कारबाही अगाडि बढाउन माग गरिएको छ । घटना विवरणअनुसार सोमबार रुपन्देहीको सालझण्डीस्थित राजमार्गमा सरकारी गाडी खानतलासी गरिरहेको अवस्थामा पत्रकारद्वयले भिडियो तथा तस्बीर लिइरहेको समयमा अख्तियारमा जिम्मेवारी रहेका प्रहरी निरीक्षक रोशन पाण्डेले क्यामेरा तथा मोबाइल खोसेर नियन्त्रणमा लिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

सार्वजनिक स्थानका सर्वसाधारणले सहजै देख्नेगरी गरिएको खानतलासीलाई समाचार बनाउने उद्देश्यले क्यामेरामा कैद गर्दै थियौं, तर एक्कासी अपरिचित व्यक्तिले अपशब्द बोल्दै क्यामेरा र मोबाइल तान्न आए, हामीले पत्रकार परिचयपत्र देखायौं तर उनले कसको निर्देशनमा खिचेको भन्दै धकेल्दै मोबाइल तथा क्यामेरा नियन्त्रणमा लिए– उपाध्यक्ष पाण्डेले भन्नुभयो ।

त्यसपछि स्थानीय प्रहरीसंग सोधखोज गर्दा अख्तियारको टोलीले खानतलासी गरेको जानकारी भएको र आफूलाई अपशब्द बोल्दै दुव्र्यवहार गर्ने व्यक्ति अख्तियारका प्रहरी निरीक्षक रोशन पाण्डे रहेको खुलेको पत्रकार पाण्डेले बताउनुभयो । घटनाको अवस्थालाई हेरिरहेका स्थानीयको दबाबपछि निरीक्षक पाण्डेले क्यामेरा तथा मोबाइल फिर्ता दिएका छ । यो समाचार आजको समाचार पत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया