• ६ असोज २०८३, मंगलबार
  • १ः४३ राती

राजधानीका दुई मेयरले देखे ‘खतराको घण्टी’

प्रकाशित मिति

२०७७ श्रावण २० गते, मंगलवार ०७:०७

काठमाडौं । उपत्यकाका दुई महानगरपालिकाका मेयरले उपत्यकामा कोरोना संक्रमणले ‘खतराको घण्टी बजाएको’ देख्नुभएको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए । ‘स्थानीय नागरिक स्वयम् सचेत भएर व्यवहार नगरेसम्म यस महामारीबाट पार पाउन सकिन्न ।’

National Life

‘कोरोना नियन्त्रण गर्न जनता सचेत हुनुपर्छ, केही दिन बाहिरबाट आउने यात्रुलाई रोक्नुपर्छ’ –दुवैको धारणा छ । प्रहरी र स्थानीय प्रशासनले मात्र नभई यात्रु ओसार्ने र राजधानी पठाउने निकायलाई कोरोना नियन्त्रण गर्न सहयोग गर्न आग्रह गरेपछि मात्रै समस्या समाधान हुन सक्ने धारणा उहाँहरुको छ ।

‘राजधानीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै मेयर शाक्यले भन्नुभयो– ‘बाहिरबाट उपत्यका प्रवेशमा कडाइ नगरेसम्म कोरोना नियन्त्रण गर्न सम्भव हुँदैन । ’ नागढुंगा, फर्पिङ, जगातेलगायत मुख्य नाकामा बाहिरबाट यात्रु ल्याएर बाटौमै छाड्ने सवारी चालकलाई कारबाही नगरेसम्म उपत्यकामा कोरोना संक्रमण रोक्न नसकिने उहाँको धारणा थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसै गरी, मेयर महर्जनले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गरेपछि मात्र केही मात्रामा कोरोना नियन्त्रण हुन सक्ने बताउँदै त्यसका लागि गृह मन्त्रालयले चासो दिनुपर्ने बताउनुभयो ।
काठमाडौंका मेयर अध्यक्ष रहनुभएको उपत्यकाका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकामा कडाइ गर्न सरकारलाई आग्रह गरेपछि चेकजाँच शुरु गरिएको स्मरण गराउँदै उहाँले भन्नुभयो– ‘अब पुनः बैठक बसेर उपत्यकामा थप कडाइ गर्ने विषयमा छलफल गर्न जरुरी भएको छ ।’

ललितपुर महानगरले कारोना नियन्त्रण गर्न क्वारेन्टाइन, होल्डिङ सेन्टर, एम्बुलेन्सलगायत अन्य सेवा सञ्चालन गरी आफ्नो जिम्मेवारी वहन गरिरहेको जानकारी गराउँदै महर्जनले हामीले सबै संयन्त्र प्रयोग गरी कोरोना नियन्त्रण गर्ने प्रयास गरिरहेका छौं भन्नुभयो । यो समाचार आजको समाचार पत्रले छापेको छ ।

प्रतिकृया