• ७ असोज २०८३, बुधबार
  • ११ः०७ बिहान

आज पनि विभिन्न स्थानमा भारी वर्षा, सतर्क रहन आह्वान

प्रकाशित मिति

२०७७ श्रावण १६ गते, शुक्रबार ०९:०५

 

National Life

काठमाडौं । आज पनि मुलुकका विभिन्न जिल्लामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

सूचना केन्द्रका अनुसार कैलाली, सिन्धुपाल्चोक, रुपन्देही, कास्की र गोरखा जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

भारी वर्षाले कैलालीको मोहाना, खुटिया, कान्द्रा लगायतका साना खोलाहरुमा बाढीको सम्भावना रहेको तथा खोलाको नजिक क्षेत्रमा डुबानको जोखिम उच्च भएकाले सतर्क रहन आह्वान गरिएको छ ।

यस्तै सिन्धुलीमा पनि ३ घण्टासम्म भारी वर्षा भएकाले क्षेत्र भएर बहने साना नदीमा बाढी आउन सक्ने, कमजोर भिरालो ठाउमा पहिरो जान सक्ने भएकाले कम्तिमा बिहान १० बजे सम्म सतर्क रहन जल तथा मौसम विज्ञान विभागले सूचित गरेको छ ।

कास्कीको पोखरा र गोरखाको बारपाक लगायतका क्षेत्रमा पनि लगातार ३ घण्टा भारी वर्षा भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ ।

रुपन्देहीमा तिनाउमा ठूलो बाढीको खतरापछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन एसएमएस पठाएर अलर्ट गरिएको छ । बुटवलको बाढी मापन केन्द्रका अनुसार तिनाउ नदीमा जलसतह एक्कासी २ मिटर बढेर खतराको तह पार गरेकाले त्यस आसपासका कञ्चनखोला तथा अरू स(साना खोला क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन आह्वान गरिएको छ ।

अहिले पनि देशका विभिन्न ठाउँमा मध्यमस्तरको वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दा पश्चिमी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बर्दिया, कैलाली, कञ्चनपुर, धादिङ, तनहुँ लगायतका जिल्लामा निरन्तरको वर्षापछि बाढी पहिरो र डुबानले सयौँ घरपरिवार प्रभावित भएका छन् । ती जिल्लाहरूमा एक दर्जभन्दा बढीको मृत्यु भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कम्तिमा आइतबारसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुनेछ ।

प्रतिकृया