• २३ भदौ २०८३, मंगलबार
  • ६ः५७ बिहान

सिटिईभिटिबाट सम्बन्धन प्राप्त व्यवसायिक योग प्रशिक्षण कार्यक्रमलाई व्यवस्थापन गर्दै पातञ्जल

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०१:२२

नबराज काफ्ले

National Life

भक्तपुर, पातञ्जल योग समिति नेपालले सिटिईभिटि बाट सम्बन्धन प्राप्त व्यवसायिक योग प्रशिक्षण कार्यक्रमलाई व्यवस्थापन गर्न पातञ्जल योग प्रशिक्षण प्रतिष्ठान कार्यालयको उदघाटन गरेको छ । जीवन विज्ञानका संंस्थापक एवं पोखरा विश्वविद्यालयका सभासद एल पि भानु शर्माले एक कार्यक्रमका विच ब्यानर उत्तोलन गर्दै प्रतिष्ठान कार्यालय उदघाटन गरेका थिए ।

कार्यक्रममा सभासद एल पि भानु शर्माले पातञ्जल योग समिति नेपालले सिटिईभिटि सँग सम्बन्धन लिई ३९० घण्टाको औपचारीक योग कक्षा सञ्चालन गर्न लागेकोमा खुसी व्यक्त गर्दै आफू विश्वविद्यालयको सभासद भएको नाताले पाठ्यक्रम एवं पाठयसामाग्री निर्माण लगायत योग कक्षा सञ्चालनमा आवाश्यकता अनुसार आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममाका विच एल पि भानुशर्माले साधनारत मानिसभित्रको चित्तका वृत्तिहरु बन्द हुन २१ दिनदेखि ३ महिना सम्म लाग्ने बताउदै चित्तका वृत्तिहरु बन्द भएको दिन व्यक्ति श्रेष्ठ हुने र सोहि श्रेष्ठ व्यक्तिको आचरणलाईनै लोकले अनुशरण गर्ने बारेमा जिकिर गरेका थिए ।

प्रशिक्षण प्रतिष्ठान कार्यालय उदघाटका साथ सात दिने निःशुल्क योग विज्ञान शिविरको पनि शुभारम्भ गर्नुहुँदै जिवन विकास विशेषज्ञ समेत रहेका एल पि भानुशर्माले योगीजनहरुले देशको कानुन,धर्म,सँस्कृत र परम्परालाई पूर्णरुपमा पालना गर्नुपर्ने बारेमा जोड दिएका थिए । पातञ्जल योग समिति नेपालका केन्द्रिय प्रमुख संरक्षक डा चन्द्रमणी खनालले ६ महिनाभित्र सम्पन्न गर्ने गरि सञ्चालनमा आएको ३९० घण्टाको आधारभुत योग प्रशिक्षण कार्यक्रमले देशभर योग जागरण अभियान ल्याउन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरि केन्द्रिय संरक्षक बालमुकुन्द सुवालले योगजन्मभूमि नेपालमा हाम्रा ऋषिमुनि,योगी,ध्यानी,ज्ञानी महामानवहरु द्धारा निर्देशित योग परम्परा,मान्यताहरुलाई अनुशरण गर्दै पातञ्जल योग समिति नेपालले आफ्ना कार्यक्रमहरु अगाडि बढाएकोमा खुशी व्यक्त गरे । पातञ्जल योग प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष समेत रहेका पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुर्दशन सुवेदीले पातञ्जल योग समिति नेपालले सञ्चालन गर्दै आएको योग प्रशिक्षण तालिमको शैक्षिक प्रमाणपत्र राज्यद्धारा मान्यता प्राप्त हुने हुुँदा यसबाट कुनै पनि शैक्षिक संस्थामा स्तर अनुसारको अध्यापन गर्न सहयोग हुने एवं योग शिक्षण केन्द्रहरु खोलेर व्यवसाय र रोजगारमुलक काम गर्न सकिने बताए । अध्यक्ष सुवेदीेले यो तालिम पश्चात योग शिक्षक एवं पथ प्रर्दशक बनेर पर्यटन क्षेत्रमा रोजगारीका अवसरहरु प्राप्त गर्न सकिने बताउदै सिटिईभिटि बाट सञ्चालन हुने तेस्रो स्तरको योग शिक्षकको तालिममा पनि सहभागी हुन सकिने जानाकारी गराए ।

कार्यक्रममा सहभागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै प्रशिक्षण प्रतिष्ठानका प्रार्चाय दिपक प्रसाद नेपालले पातञ्जल योग समिति नेपालद्धारा २०७६ फाल्गुण महिनामा सिटिर्ईभिटि बाट सम्बन्धन प्राप्त गरि सञ्चालनमा आएको योग प्रशिक्षण तालिममा सहभागी हुन आहवान गरेका छन् । प्राचार्य नेपालले सो तालिममा सहभागीताको लागि न्यूनतम एस ई ई वा सो सरह उत्र्तिण अनिवार्य भएको वताउदै १८ बर्ष पुरा भएको नेपाली नागरिक हुनुपर्ने अवगत गराए ।
पातञ्जल योग समिति नेपालको योग जागरण अभियान सञ्चालन हेतु राष्ट्रिय कलाकार बासुदेव खनालले आफ्ना पिता स्व। हरिबोल खनालको सम्झनामा रु ५ हजार ५ नगद सहयोग गरेको केन्द्रिय कोषाध्यक्ष जानुकादेवी भट्टाराईले अवगत गराईन ।

त्यसैगरि मातृभुमि रक्षाको खातिर केहि दशक अघि देखि गुमेको भूमि फिर्ता गर्न पातञ्जल योग समिति नेपालले संस्थागत तवरमा बुलन्द आवाज उठाएको बारेमा सवैको ध्यानाकर्षण गराउँदै दर्शन ईन्फोसिस प्रालिका अध्यक्ष सरोज अधिकारीले गुमेको भूगोल सहित समेटीएको एक थान नक्शा प्रशिक्षण प्रतिष्ठानलाई निःशुल्क हस्तान्तरण गरेका छन् ।

प्रशिक्षण प्रतिष्ठान कार्यालय एवं सात दिने शिविर उदघाटन कार्यक्रममा पातञ्जल योग समिति नेपालका केन्द्रिय सल्लाहकार संयोजक एवं साझा प्रकाशन प्रालिका महाप्रबन्धक होम प्रसाद गौतम, पातञ्जल योग प्रशिक्षण प्रतिष्ठानका उपाध्यक्ष गीता प्रसाद नेपाल, हिशान भक्तपुरका अध्यक्ष अनिल कसपाल,पारीजात साकोस,भक्तपुरका अध्यक्ष धु्रव रायमाझी,प्रशिक्षण प्रतिष्ठानका व्यवस्थापक केदार प्रसाद काफ्ले,वरिष्ट योग प्रशिक्षक शकंर मानन्धरले योग प्रशिक्षण तालिम एवं योगको मह्त्वको बारेमा आ–आफ्नोे धारणा राखेका थिए ।

प्रतिकृया