• २३ भदौ २०८३, मंगलबार
  • ६ः३२ बिहान

लामखुट्टेबाट कोरोना सर्दैनः डब्ल्युएचओ

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार १२:१२

एजेन्सी, लामखुट्टेले सार्स कोरोना भाइरसको संक्रमण मानवमा नफैलाउने जनाइएको छ । यस विषयमाथि भएको पहिलो अध्ययनमा यस्तो कुरा पत्ता लगेको हो ।

National Life

साइन्टिफिक रिपोर्टस जर्नलमा उक्त अध्ययनको निचोड प्रकाशित भएको बताइएको छ ।अध्ययनमा यो पत्ता लाग्यो कि भाइरसले तीनवटा मुख्य प्रजातिका लामखुट्टेहरूले यसको संख्या बढाउँदैन।

त्यसकारण यदि एउटा लामखुट्टेले एक कोरोना संक्रमितलाई टोके पनि त्यसले मानवमा संक्रमण नफैलाउने जनाइएको छ। यस अध्ययनका लेखकले भनेका छन्, ‘सबैभन्दा गाह्रो अवस्थामा समेत सार्स कोभिड लामखुट्टेबाट फैलिंदैन। यो पनि सम्भव छैन जब उही लामखुट्टेले संक्रमित व्यक्तिलाई टोकेपछि अरु कसैलाई टोक्छ।’

Classic Tech Mobile
Classic Tech Desktop

यो अध्ययन विश्व स्वास्थ्य संगठनद्वारा पनि पुष्टि भएको छ। डब्ल्यूएचओले पनि यस अध्ययनलाई उद्धृत गर्दै भनेको छ, ‘लामखुट्टे कोरोनाको संक्रमणको वाहक हुन सक्दैन, यद्धपि कोरोना भाइरस र जनावर बीचको सम्बन्ध के हो भनेर अझै स्पष्ट हुन नसकेपनि यस्तो भूमिका लामखुट्टेबाट नहुने भने प्रष्ट भएको छ ।’

कोरोना भाइरस चीनको उहानको तौल बजारमा फैलिन थाल्यो। यो मासु बजार हो र धेरै जनावरहरूको मासु उपलब्ध थियो। केही रिपोर्टहरूमा यो पनि भनिएको छ कि कुकुर र बिरालाहरू पनि कोरोनाका वाहकहरू हुन् । तर यसको कुनै ठोस प्रमाण छैन।

प्रतिकृया