• २३ भदौ २०८३, मंगलबार
  • ५ः४४ बिहान

परिवारका साथ व्यायाम गर्नुस्, थप सुन्दर र स्वस्थ भइन्छ

प्रकाशित मिति

२०७७ श्रावण ४ गते, आईतवार ०९:१४

 

National Life

काठमाडौं । कोरोना भाइरस रोगको महामारीबाट जोगिने उपाय भनेको सामाजिक दुरी कायम राख्ने, साबुन पानीले पटक–पटक हात धुने तथा लकडाउन पालना गर्नु नै हो । नेपालमा लकडाउन केही खुकुलो बनाइएपनि विद्यालयहरु बन्दनै छन् । जसका कारण बालबालिका विहान देखि बेलुकीसम्म घरमै बसिरहेका छन् भने परिवारका अन्य सदस्यहरु पनि ।

बन्दाबन्दीमा घर वा क्वारेन्टाइनमा बस्दा शारीरिक गतिविधि नहुँदा मानसिक असरसमेत निम्त्याउँछ । त्यसैले घर वा क्वारेन्टिनमा बस्दा व्यायाम, योग तथा शारीरिक गतिविधिमा सहभागि हुन विज्ञहरुले सुझाव दिदै आएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले क्वारिन्टिन अथवा घरमा रहँदा शारीरिक व्यायाम त्यसमा पनि परिवारको साथमा यस्ता गतिविधि गर्नाले परिवारमा रमाइलो र थप सुन्दर,स्वस्थ तथा सुखीमय परिवार निर्माण हुने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले घर आँगनमा हिडड्ल गरि आफुलाई शारीरिक गतिविधिमा संलग्न हुन सुझाव दिनुभयो । घरमा बस्दा अनलाइन भिडियो हेरेर, विभिन्न संगित सुनेर, नाचेर आफुलाई थप स्वस्थ र तनावमुक्त बनाउन गौतमले सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,परिवारको साथमा संगै रही व्यायाम गर्नु, मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुनु यो एक अवसर पनि हो त्यसैले घरमा छँदा शारीरिक गतिविधिमा ध्यान दिऔं तर शारीरिक गतिविधिमा संलग्न हुँदा मास्कको प्रयोग नगर्न उहाँले सचेत गराउनुभयो । मास्कको प्रयोग गर्दा सास लिने र फर्काउने क्षमतालाई नास गर्ने भएकाले व्यायामको समयमा मास्कको प्रयोग नगर्न आग्रह गर्नुभयो ।

प्रतिकृया