• ५ साउन २०८३, मंगलबार
  • १०:४८ बिहान

आज भारी वर्षाका कारण ३४ जिल्लामा बाढी-पहिरोको जोखिम, सतर्क रहन महाशाखाको आग्रह

प्रकाशित मिति

२०७७ श्रावण ३ गते, शनिबार ०७:००

काठमाडौं । हाल मनसुनी वायु सक्रिय रहँदा अहिले मुलुकका विभिन्न ३४ जिल्लामा भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी गरेको बिहान ५ बजेको सूचनामा पछिल्लो ६ घण्टामा प्रदेश नम्बर १ का ताप्लेजुङ, पाँचथर, झापा, धनकुटा, खोटाङ, भोजपुर र उदयपुरमा मध्यमदेखि भारी वर्षा भइरहेको जनाएको छ ।

Kamana Sewa

यस्तै सप्तरी, सिरहा, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला, धादिङ, मकवानपुर, नुवाकोट, नवलपरासी, तनहुँ, लमजुङ, गोरखा, कास्की, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, कैलाली, कञ्चनपुर,डोटी, डडेलधुरा, सुर्खेत र आसपास केहि स्थानमा मध्ययम देखि भारी वर्षा भईरहेको छ ।

Classic Tech Desktop

ती जिल्लामा थप वर्षा हुने सम्भावना रहेको तथा ती स्थान आसपास भई बहने स-साना नदीमा आकस्मिक बहाव अर्थात बाढी, कतिपय भू-भागमा डुबान र पहिरोकोसमेत जोखिम उच्च भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र प्रदेश ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यो क्रम सोमबारसम्म नै जारी रहने भएकाले सतर्क रहन महाशाखाले आह्वान गरेको छ ।

प्रतिकृया