• ७ असोज २०८३, बुधबार
  • ११ः५० बिहान

माइक्रोसफ्टले ल्यायो एकै पटक १ हजार जनासँग कुरा गर्न सकिने एप्स

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार १२:१८

काठमाडौं । कोरोना भाइरसको महामारीपछि छुरी भएको भौतिक दूरीले विश्वभर भिडियो कन्फ्रेन्सिङ्ग एपको प्रयोग बढेको छ ।

National Life

तर, कतिपय कन्फ्रेन्सिङ्ग एप असुरक्षित भएको गुनासो बढिरहँदा माइक्रोसफ्टले एकदमै नयाँ विशेषतासहितको भिडियो कन्फ्रेन्सिङ्ग एप विकास गरेको छ ।

यति मात्र होईन, यदि प्रयोगकर्ताले ठूलो स्तरमा भिडियो कलिङ्ग गर्नुपर्‍यो भने केवल भ्यू-ओन्ली अन्तर्गत २० हजार प्रयोगकर्ताहरूसँगै जोडिन सकिने समेत सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यो एपले एकै पटक धेरै व्यक्तिहरूसँग जोडिदा कसले बोल्दैछ भन्ने कुराको अलमल हुन नदिन टूगेदर मोड भन्ने फिचर पनि राखेको छ ।

उक्त फिचरले समूहमा कुन सदस्यले बोल्दै छ भन्ने जानकारी गराउँछ । यसले प्रयोगकर्ताहरू माझ संवाद गर्न सजिलो बनाउँने दाबी गरिएको छ।

यस्तै प्रयोगकर्ताहरूलाई लाइभ भिडियो कलिंगको क्रममा इमोजी पठाउन पनि अनुमति दिइएको छ। यी इमोजीहरूमार्फत, तपाईंले कल गर्ने क्रममा प्रतिक्रियाहरू दिन सक्ने व्यवस्था गरिएको छ ।

जुम लगायतका एपलाई युरोपेली मुलुक, अमेरिका तथा भारत लगायतका देशले असुरक्षित रहेको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको बताइरहँदा माइक्रोसफ्टले भने एप असुरक्षित नरहेको जनाएको छ ।

प्रतिकृया