• ७ असोज २०८३, बुधबार
  • २ः२४ राती

राष्ट्रिय खेलकुद परिषद्को एकै कर्मचारी सात संघमा सदस्य

प्रकाशित मिति

२०७७ असार ३० गते, मंगलवार ०६:०१

 

National Life

काठमाडौं – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यन्वयनमा आएसँगै राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीले खेल संघबाट राजिनामा दिन थालेका छन् ।

असार १८ देखि कार्यन्वयनमा आएको नयाँ ऐनले खेलकुद परिषद्का कर्मचारी संघमा आवद्ध रहन नहुने व्यवस्था गरेपछि कर्मचारीहरु खेलकुद विकास विभागमा धमाधम राजीनामा बुझाउन थालेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सोमबार बेलुकीसम्म खेलकुद परिषद्का कर्मचारीहरुमध्ये ३३ जनाले ५६ पदबाट राजीनामा दिएका छन् ।

रष्ट्रपति विद्यादेवी भण्डारीले असार ११ गते खेलकुद विधेक प्रमाणीकरण गरेकै दिनदेखि कर्मचारीहरुले आफू आवद्ध संघबाट राजीनामा दिन थालेका हुन् ।

जसमध्ये संघ संस्था समन्वय शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, खेलकुद विकास विभागका प्रशाशकीय अधिकृत चन्द्र कुमार राई र प्रशासनिक अधिकृत ओमनाथ न्यौपानेले असार ११ गते नै राजीनामा बुझाएका हुन् ।

रोखपको तथ्याङ्क अनुसार एक व्यक्ति सातवटा खेल संघमा सदस्य रहेको पाइएको छ । संघ संस्था समन्वय शाखाका नायब सुब्बा राजेन्द्र बहादुर श्रेष्ठ विभिन्न सातवटा संघको सदस्य रहेको पाइएको हो ।

उनी नेपाल रोल बल संघ, नेपाल सो क्योकशिन कराते संघ, पारा भारत्तोलन संघ, नेपाल आइकिडो संघ, नेपाल शारिरिक सुगठन तथा फिटनेस संघ, जापान गोजुरियो कराते डो केन्वाइ नेपाल संघ, नेपाल जीतकुण्ड मार्शल आर्ट संघको सदस्यमा रहेका थिए ।

यस्तै, राखेपका प्रशाशकीय अधिकृत ओमनाथ न्यौपाने नेपाल केम्पो खुकुरी मार्शल आर्ट संघ, नेपाल फुटसल संघ, नेपाल जीतकुण्डो संघ, जापान गोजुरियो डो मिशन संघ नेपाल, नेपाल जोरखाने खेलकुद संघ गरि पाँच वटा संघको सदस्य रहेका थिए ।

उनले असार ११ गते नै संघहरुबाट राजीनामा बुझाइसकेका छन् ।

यस्तै, ४–४ वटा संघको सदस्य रहेका संघ संस्था समन्वय शाखाका प्रमुख रहेका ज्ञानेन्द्र श्रेष्ठ र सोही शाखाका प्रशासकीय अधिकृत धन शाही पनि चार वटा संघको सदस्य रहेको खुलेको छ ।

प्रतिकृया