• २३ भदौ २०८३, मंगलबार
  • ७ः४५ बेलुका

नगरपालिकाद्वारा दोहोरो स्वर्णधारी मण्डेलाई दराज उपहार

प्रकाशित मिति

२०७७ असार २९ गते, सोमबार १२:११

भक्तपुर, मध्यपुर थिमी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुदमा करातेको कातातर्फ दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई दराज उपहार दिएको छ । मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीले खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनेको भन्दै सजावटसहित दराज उपहार दिइएको हो ।

National Life

नगरका मेयर मदनसुन्दर श्रेष्ठले मण्डेकाजी श्रेष्ठलाई दराजको साँचो हस्तान्तरण गरी उपहारमा दराज प्रदान गर्नुभएको हो । दराज र डेकोरेसेनसहित झन्डै ३ लाख रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ । दराज र डेकोरेसेनसहित झन्डै ३ लाख रुपैयाँ खर्च भएको नगर प्रमुखले जनकारी दिनुभयो ।

दराज हस्तान्तरण कार्यक्रममा नगर प्रमूख श्रेष्ठले भन्नुभयो, ‘म मन्डेको घर आउदा उनले जितेको मेडल, प्रमाण पत्र टोकन अफ अभ लगायतका सामानहरु छरपस्ट भएको देखे । जितेका मेडलहरु पोको पारेर राखेको देखियो । पदकलाई सजाएर राख्नुपर्छ भन्ने सोचेर नै उनको निवासमै दराजको डेकोरेसन गर्ने व्यवस्था मिलाएको हो । सोही अनुरुप यो दुई दिन अघि मात्रै डेकोरेसन सकाएको हो । अहिले कस्तो राम्रो देखिएको छ ।’

Classic Tech Desktop

मण्डेकाजीले सम्मानका लागि नगरपालिकालाई धन्यवाद दिँदै यस्तो कदमले आफूमात्र नभएर अन्य खेलाडीलाई अझै राम्रो प्रदर्शन गर्न प्रोत्साहन मिल्ने बताउनुभयो ।

यसअघि नगरपालिकाले दोहोरो स्वर्ण जितेका मण्डेकाजीलाई ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मान पनि गरेको थियो । दोहोरो स्वर्ण जितेका मण्डेले नेपाल सरकारबाट २२ लाख रुपैयाँ प्राप्त गरेका थिए । यसैगरी प्रदेश सरकार र नेपाल प्रहरी क्लबले पनि उहाँलाई सम्मान गरेका थिए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष कुमार श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, सागका कराते प्रशिक्षक गंगाराम महर्जन, मण्डेकै पहिलो कराते प्रशिक्षक सजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

 

प्रतिकृया