• २२ भदौ २०८३, सोमबार
  • ५ः०४ बिहान

महालक्ष्मीमा एकैदिन २१३ जनाको पीसीआर परीक्षण

प्रकाशित मिति

२०७७ असार २७ गते, शनिबार ०९:१६

ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुरमा २३ जना कोरोना भाइरस संक्रमित फेला परेपछि पीसीआर परीक्षण तीब्र बनाइएको छ ।
नगरपालिकाको समन्वयमा शनिबार एकै दिन २ सय १३ जनाको परीक्षण गरिएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो । तीमध्ये संक्रमितको नजिकमा रहेको आशंका गरिएका ७४ जना र समूदायका १ सय ३९ जना रहनुभएको छ ।

National Life

“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका अनुसार कन्ट्याक्ट ट्रेसिङका आधारमा कोरोना परीक्षण गरिएको हो,” उहाँले भन्नुभयो, “समूदायमा समेत परीक्षण गरिएकाले थप संक्रमण हुने छैन भन्ने विश्वास लिएका छौं ।”

विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमित भेटिएको हो । नगर प्रमुख श्रेष्ठले समूदायमा संक्रमण नभएकाले आत्तिने अवस्था नरहे पनि उच्चस्तरको सजगता अपनाउन नगरबासीलाई अपिल गरेका छौं । “वडा नम्बर ७, ८ र ९ मा लकडाउनलाई कडाइ गरेका छौं,” उहाँले भन्नुभयो, “केही दिनभित्रै महालक्ष्मीलाई कोरोनामुक्त बनाउने गरी काम गरिरहेका छौं ।”

Classic Tech Desktop

नगर प्रमुख श्रेष्ठले महालक्ष्मी नगरपालिकाका नागरिक, राजनीतिक दल, सामाजिक संघ संस्थाले कोरोना संक्रमणबाट जोगिन विगतदेखि नै सहयोगी भूमिका खेलेकोमा धन्यवाद व्यक्त गर्दै संक्रमण निर्मूल बनाउन आगामी दिनमा पनि अझै सहयोग पाउने अपेक्षा लिनुभएको छ ।

प्रतिकृया