• १६:०३ २०८० चैत्र १५ गते
  • 4:03 pm

थप छ प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षण गर्न स्वीकृति

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार ०५:५५

corona test e1617274536723

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप छ वटा प्रयोगशालालाई शुल्क लिएर कोरोना परीक्षणको अनुमति दिएको छ । मन्त्रालयले तोकेको निर्देशिका बाहिरका नमूना परीक्षणका लागि सम्पूर्ण परीक्षणको २५ प्रतिशत नबढाउने गरी थप छ वटा प्रयोगशाला र अस्पताललाई परीक्षण गर्न अनुमति दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा त्यस्ता प्रयोगशाला तथा अस्पतालले पाँच हजार पाँच सय रुपियाँ लिएर परीक्षण गर्न सक्ने स्वीकृती दिइएको जानकारी दिनुभयो । प्रवक्ता डा। गौतमले प्रदेश १ को कोशी अस्पताल, प्रदेश २ को नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश ५ मा लुम्बिनि अस्पताल–बुटबल, कर्णाली प्रदेशका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला–सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला–धनगढीलाई शुल्क लिएर परीक्षण गर्न सकिने अनुमति दिइएको छ ।

यसअघि छ वटै प्रयोगशाला तथा अस्पतालले कोरोना परीक्षण गर्दै आएपनि शुल्क लिएर परीक्षण गरेको थिएन । स्वास्थ्य मन्त्रालयको असार २४ गतेको निर्णय बमोजिम छ प्रदेशको छ अस्पताल तथा प्रयोगशालालाई उक्त स्वीकृति दिएको छ । काठमाडौंबाहिरको प्रयोगशालामा आरटी पीसीआर परीक्षण गराउनेको चाप घटेपछि मन्त्रालयले यस प्रकारको निर्णय गरेको हो ।

यसअघि काठमाडौंस्थित वीर अस्पताल, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र पाटन स्वास्थ्य प्रतिष्ठानलाई शुल्क लिएर कोरोना परीक्षण गर्न स्वीकृति दिइएको थियो ।

प्रतिकृया