• १५:३८ २०८० चैत्र १५ गते
  • 3:38 pm

कवाडी बन्दै गाडी

प्रकाशित मिति

२०७७ असार २६ गते, शुक्रबार १०:०५

dhuwa gadi

विराटनगर । विराटनगर बसपार्कमा चार महिनादेखि थन्किएका बसका टायर चिरा पर्न थालेका छन् । लामो समयसम्म रोकेर एकै स्थानमा राखिएका बसका टायर काम नलाग्ने अवस्थामा पुगेका हुन् ।

यातायात मजदुर घरमा भएका कारण रोकिएका गाडी ‘स्टार्ट’समेत गरिएको छैन । जसका कारण ब्याट्री बसिसकेको छ भने इन्जिनमा खिया लागिसकेको छ । बन्दाबन्दीको मार खेप्नुपरेका क्षेत्रमध्ये पर्यटनजस्तै यातायात क्षेत्रले ठूलो धक्का बेहोर्नुपरेपछि गाडीका सञ्चालकसमेत बसपार्क क्षेत्रमा आउनै नसक्ने अवस्थामा पुगेको बताउँछन् ।

बसपार्क टेक्न मन लाग्दैन, सुनौलो पूर्व नेपाल यातायात प्रालिका अध्यक्ष राजन कँडेलले भने, “बसपार्कमा बस रोकिएनन् मात्रै दैनिक खर्चसमेत बढाइरहेका छन् । ” उहाँका अनुसार लामो समय रोकिएका गाडीको टायर, ब्याट्री, ब्यारिङ अनिवार्य फेर्नुपर्ने हुन्छ । इन्जिनमा आउने खराबीलाई मर्मत गर्नुपर्छ । बसपार्कका गाडी कवाडी बनिसकेको अध्यक्ष कँडेलको दाबी छ ।

विराटनगर बसपार्कबाट पाँच कम्पनीका छ सय गाडी देशका विभिन्न भागका लागि छुट्छन् । सुनौलो पूर्व यातायात प्रालिमा मात्र २५० भन्दा बढी गाडी आबद्ध छन् । त्यसबाहेक विराट मिनी यातायात, दिवा तथा रात्रि परिवहन सेवा, विराटेश्वर यातायात र सूर्योदय यातायातका गाडी विराटनगर बसपार्कलाई आधार बनाएर चल्ने गरेका छन् । सबै कम्पनीमा गरेर एक अर्ब २० करोड बराबरको लगानी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा नवराज कट्टेलले लेखेका छन् ।

प्रतिकृया