• ७ असोज २०८३, बुधबार
  • १२ः१२ दिउँसो

नेपालमा ९२ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति

२०७७ असार २५ गते, बिहीबार ०२:०६

काठमाडौँ, नेपालमा २५ जिल्लाका ९२ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमा चार इन्स्पेक्टर, सात सई, सात असई, २७ हवल्दार, ४३ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् । जसमा दुई महिला र ९० पुरुष छन् ।

National Life

संक्रमित प्रहरीमा कपिलवस्तुका ६, गुल्मीका १, प्यूठानका २, दाङका २, बागलुङका १, बाराका ७, धनकुटाका २, बाँकेका १, धनुषाका १०, सप्तरीका ४, सिरहाका ३, सर्लाहीका २, तनहुँका २, रौतहटका ४ छन् ।

यस्तै महोत्तरीका २, जुम्लाका २, डोल्पा २ जाजरकोटका १, सुर्खेतका ५, दैलेखका १४, कञ्‍चनपुरका ३, अछामका २, बाजुराका ६, काठमाडौंका ७ र भक्तपुरका एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ६१ जना डिस्चार्ज भइसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया