• २१ भदौ २०८३, आइतबार
  • ४ः५२ बेलुका

ट्याक्सी सञ्चालन गर्न सरकारलाई विकास समितिको निर्देशन

प्रकाशित मिति

२०७७ असार २४ गते, बुधबार ०७:१६

काठमाडौं, संसदको विकास तथा प्रविधि समितिले आवश्यक सुरक्षा विधि अपनाएर ट्याक्सी यातायात सञ्चालन गर्न निर्देशन दिएको छ। बुधबार यातायात व्यवसायीसँग छलफल गर्दै समितिले सर्वसाधारणलाई आवतजावतमा थप सहजता प्रदान गर्न सार्वजनिक यातायातसँग सम्बद्ध ट्याक्सी यातायात सञ्चालनको लागि आवश्यक व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो।

National Life

समितिले यातायात व्यवसायी र मजदुर संगठनसँग कोभिड १९ का कारण लकडाउनमा र त्यसपछि सार्वजनिक यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल गरेको हो। यातायात व्यवसायीले सार्वजनिक यातायात नखोले आन्दोलन गर्ने चेतावनी समिति बैठकमै दिएपछि समितिले उक्त निर्देशन दिएको हो।

खासगरी मजदुर संगठन र व्यवसायी संगठनका पदाधिकारीले लकडाउनका कारण मजदुरहरुको दैनिकी कष्टकर बनेको, गुजारा चलाउन नसकेपछि आत्महत्याको तहसम्म पुग्नुपर्ने दर्दनाक परिस्थिति सृजना भएको, व्यवसायीले बैंकको ऋण तिर्न नसकेको लगायतका गुनासाहरु समितिमा गरेका थिए।

Classic Tech Desktop

त्यस्तै सार्वजनिक यातायातलाई व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने सम्बन्धमा कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी) र भौतिक मन्त्रालयसँग आगामी बैठकमा समितिले छलफल गर्ने जनाएको छ। अर्को बैठक २५ गतेका लागि तोकिएको छ।

केही दिनअघि मात्रै ट्याक्सी व्यवसायीहरुले सडकमा ट्याक्सी गुडाएर आन्दोलन गरेका थिए। उनीहरुले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका थिए। लकडाउन केही खुकुलो भएसँगै प्रशस्त मात्रामा निजी सवारीसाधन चल्नथालेका छन्।

प्रतिकृया