• ९ असोज २०८३, शुक्रबार
  • १२ः४६ दिउँसो

नेपाली सैनिक असार २४ मा शान्ति मिसनका लागि अफ्रिका जाने तयारी

प्रकाशित मिति

२०७७ असार १९ गते, शुक्रबार ०५:३२

काठमाडौं । कोरोना महामारीकै बीचमा नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने तयारी भइरहेको छ ।

National Life

शान्ति मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान असार २४ गते ती दुई देशमा जानेछ ।

दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको हो। सम्झौता अनुसार दुबै उडान ८ जुलाई अर्थात असार २४ गते हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल एयरलाइन्सका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्नेछ । त्यसपछि जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्नेछ ।

नेपालबाट गएका केही सैनिक त्यहाँ झर्नेछन् भने केही सैनिक लिएर विमान फेरि माली पुग्नेछ । मालीमा सैनिक झारेपछि विमान काठमाडौं फर्किनेछ ।

यसअघि नै शान्ति मिसनका लागि ती देशमा पुगेका नेपाली सैनिक सोही विमान चढेर स्वदेश फर्किनेछन् । ती मुलुकबाट नेपाल फर्किने सैनिकको संख्या भने ५ ६ जना मात्र रहेको जनाएको छ ।

प्रतिकृया