• ८ असोज २०८३, बिहीबार
  • ११ः३७ राती

म्यानमारको खानीमा पहिरो जाँदा १ सय २० जनाको मृत्यु

प्रकाशित मिति

२०७७ असार १९ गते, शुक्रबार ०६:०२

एजेन्सी । म्यानमारको एक खानीमा पहिरो जाँदा कम्तीमा १ सय २० जनाको मृत्यु भएको छ ।

National Life

घटनामा अन्य व्यक्ति हराइरहेको र उनीहरुको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

अधिकारीहरुका अनुसार यो घटना उत्तरी म्यानमारको कचिन प्रान्तको पेकान इलाकामा रहेको बहुमूल्य रत्न ‘जेड’ खानीमा भएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

उद्धारकर्ताहरुका अनुसार भारी वर्षापछि माटो बग्दा त्यो खानीमा जेड खोज्न गएका मानिसहरुलाई पुरेको बताएका छन् । म्यानमारमा विश्वको सबैभन्दा धेरै जेड रत्न पाइन्छ । म्यानमार प्रत्येक वर्ष ३० अर्ब डलर बराबरको जेड रत्न कारोबार गर्दै आइरहेको छ ।

म्यानमारमा बर्सेनि खानीमा पटक-पटक दुर्घटना हुँदै आइरहेको छ । गएको वर्ष पनि खानीमा भएका दुर्घटनामा सयभन्दा धेरैको ज्यान गएको थियो ।

प्रतिकृया