• २८ भदौ २०८३, आइतबार
  • १ः४१ दिउँसो

तीन सय भन्दा बढी ट्याक्सी प्रहरी नियन्त्रणमा

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०२:२३

काठमाडौं, लकडाउन उल्लंघन गरेको भन्दै महानगरी ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३ सयभन्दा बढी ट्याक्सीलाई नियन्त्रणमा लिएको छ ।

National Life

लकडाउनका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएको भन्दै मंगलबार प्रदर्शनमा निस्किएका ट्याक्सी चाकल र व्यवसायीले काठमाडौंको नयाँबानेश्वर र तीनकुनेमा प्रदर्शन गरेका थिए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट ३ सय ८ वटा ट्याक्सीलाई नियन्त्रणमा लिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालका अनुसार प्रदर्शनभन्दा पनि नियमलाई हेर्ने हो । लकडाउनमा सार्वजनिक सवारीसाधन चालउन पाइँदैन । त्यसैले ट्याक्सी नियन्त्रणमा लिएर होल्ड गरिएको हो । साँझ ती सबै ट्याक्सीलाई छाडिने छ । यता ट्याक्सी व्यवसायीले शान्तिपूर्ण प्रदर्शमा प्रहरीले दमन गरेको बताएका छन् ।

लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि ट्याक्सी चालक र व्यवसायीहरु मंगलबार आन्दोलनमा उत्रिएका छन् ।

प्रतिकृया