• २८ भदौ २०८३, आइतबार
  • ५ः५६ बेलुका

नागरिकता विधेयक विरुद्ध काठमाडौंमा जनप्रदर्शन

प्रकाशित मिति

२०७७ असार १६ गते, मंगलवार ०३:२३

काठमाडौं, काठमाडौं लगायत देशका अन्य ठाउँमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय र सरकारद्वारा गठित राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतले पारित गरेको नागरिकसम्बन्धी विधेयकको विरुद्धमा जनता समाजवादी पार्टीले मंगलबार दिउँसो १ बजे देशव्यापी विरोध प्रदर्शन गरेको छ ।

National Life

विरोध प्रदर्शनमा जनता समाजवादी पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, शरद्सिंह भण्डारी, हिसिला यमिलगायत थुप्रै युवा एवं महिला नेतृहरुको सहभागी रहेको थियो ।

नागरिकता विधेयक आम मधेशी, मुस्लिम, थारु र जनजाति समुदायको जनभावना विरुद्ध आएको र संघीय लोकतान्त्रिक गणतान्त्रि संविधानको मर्म विरुद्ध समेत भएकोले उक्त नागरिकता विधेयकको विभेदकारीको सम्पूर्ण प्रावधानहरु खारेजी हुनुपर्ने उपस्थित शीर्ष नेताहरुले जोडदार रुपमा आफ्नो मन्तव्य राखेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया