• २३ भदौ २०८३, मंगलबार
  • ११ः१९ राती

खोलामा बगेर तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार १२:५८

दाङ, दाङ र प्युठानमा पानीमा बगेर तीन जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १८ मानपुरस्थित आशा राम विश्वकर्माको घरमा बस्दै आएका सल्यानका कमानसिंह विश्वकर्माकी दुई वर्षीया छोरी एलिना विश्वकर्माको कुलोमा बगेर मृत्यु भएको हो ।

National Life

घर आँगनबाट बग्ने कुलोमा परेर बगेकी बालिकालाई केही तल मृत फेला पारिएको प्रहरीले जनाएको छ । उता प्युठानका दुई युवकको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ ।

सरुमरानी गाउँपालिका २ का ३० वर्षीय दीपक परियार र ३२ वर्षीय नविन नेपालीलाई गहना खोला तर्ने क्रममा बगाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

परियारको शव दाङको गढवा गाउँपालिका २ महदेवामा र परियारको शव गढवा १ मलमलास्थित राप्ती नदी किनारमा फेला परेको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रतिकृया