• २२ भदौ २०८३, सोमबार
  • ७ः२२ बेलुका

पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग घरभित्र थुनियो

प्रकाशित मिति

२०७७ असार १५ गते, सोमबार १०:४५

 

National Life

काठमाडौं । पशुपति मन्दिरको पश्चिम ढोकाबाट अन्नपूर्ण भण्डारतिर आउँदा बाटोमा एउटा घर छ। लामो कालखण्ड पार हुँदै जाँदा त्यही घरभित्र थुनिन पुगेको छ– पशुपति मन्दिरको ऐतिहासिक शिवलिंग।

थुनिएको शिवलिंग यति महत्त्ववशाली हो, जहाँ पशुपति मन्दिरका मूलभट्टले गर्भगृहमा प्रवेश गर्नुअघि शपथ लिनुपर्छ। पशुपति क्षेत्रमा यस्ता ११ शिवलिंग छन्। जसलाई एकादशरुद्र भनिन्छ। शिवका पुजारीले ती एकादशरुद्रलाई साक्षी नराखेसम्म मन्दिरको गर्भगृहमा प्रवेश गर्न पाउँदैनन्।

Classic Tech Desktop

तिनै एकादशरुद्रमध्ये कम्तीमा दुइटा शिवलिंग व्यक्तिका घरभित्र थुनिएका छन्। अर्को रुद्र भुवनेश्वरी टोलस्थित अर्को घरभित्र थुनिएको पाइएको छ। पशुपतिको मूल मन्दिरदेखि करिब पाँच सय मिटर दूरीमा रहेको उक्त घरमा बेवास्तापूर्ण ढंगले थुनिएको छ मूलभट्टलाई शपथ खुवाउने शिवलिंग।

वर्षौं पहिला काठमाडौंमा घना आवास थिएन। पशुपति आसपास त झन् बस्ती नै थिएन। त्यतिबेला पशुपतिका मूलभट्टले मन पराएका वा सहयोग पुर्याएका व्यक्तिलाई जहाँ बस्न दियो, घर बनाउन मिल्ने चलन थियो। त्यसरी नै धेरै घर बने। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा ती दुवै रुद्र यसरी नै घरभित्र परेको हुन सक्ने अनुमान गर्छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।

प्रतिकृया