• ७ असोज २०८३, बुधबार
  • ३ः५१ राती

टिकट रकम फिर्ता गर्न निर्देशन

प्रकाशित मिति

२०७७ असार १३ गते, शनिबार ११:२०

काठमाडौँ, लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । विश्वमा नै महामारिको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड– १९०को सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले नै टिकट काटेका कतिपय यात्रुले त्यसबापतको रकम फिर्ता नपाएको तत्काल फिर्ता गर्न प्राधिकरणले सम्बन्धीत एयरलायन्सलार्य निर्देशन दिएको हो ।

National Life

प्राधिकरणले नेपाल वायुसेवा निगमसहित अन्तर्राष्ट्रिय उडान गरिरहेका एयर अरेबिया, कतार एयरवेज, एयर चाइना, मालिन्दो एयर, एयर इन्डिया, टाटा एसआईए, क्याथे ड्रागन, इतिहाद एयरवेज, ओमन एयर, फ्लाई दुबई, मलेसिया एयरलाइन्स, थाई एयरवेज, टर्किस एयरलाइन्स, थाई लायन, सिचुआन एयरलाइन्स, सिल्क एयरको नेपालस्थित कार्यालयलाई उल्लेख गर्दै टिकट रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

प्रतिकृया