• ७ असोज २०८३, बुधबार
  • २ः३८ राती

सकृय पत्रकार एबं गैसस महासंघ भक्तपुरका अध्यक्ष बजगाईं नयाँ गन्तव्यको खोजीमा अमेरिका प्रस्थान

प्रकाशित मिति

२०७७ असार १३ गते, शनिबार १०:०२

भक्तपुर , भक्तपुरको पत्रकारिता जगत्का युवा स्तम्भ एबं गैर सरकारी संस्था महासंघ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं १८ बर्षको पत्रकारिता पेशाबाट केही समयका लागि विश्राम लिने निर्णय गर्दै नयाँ गन्तव्यको खोजीमा अमेरिका प्रस्थान गरेका छन् ।

National Life

समय समाज साप्ताहिकका सम्पादक, रेडियो हिमालयनका प्रबन्ध निर्देशक, प्रेस संगठन नेपालका केन्द्रीय सदस्य समेत रहेका सोम शर्मा (बजगाई) डीभी भिषामा आज श्रीमति र दुई छोराका साथ अमेरिका प्रस्थान गरेका हुन् ।

नेपाल समाचारमा स्तभकारका रुपमा पत्रकारिता सुरुवात गरेका बजगाईंले २०५८ देखि २०५९ सालसम्म लगतार स्तम्भकारका रुपमा लेखहरु लेखेपछि स्तम्भकार मात्र नभएर ब्यबसायिक पत्रकार नै बन्ने सोच बनाएका थिए । बिचमा बिभिन्न संचार गृहमा काम गरेर २०६५ सालबाट नेपाल टेलिभिजन (एनटिभी) मा १२ वर्ष , अनलाइन पत्रकारितामा एक वर्ष र एफएम पत्रकारिता १० वर्ष गरी उनले नेपाली पत्रकारिता क्षेत्रमा १८ वर्ष आफ्नो योगदान दिई सकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

भक्तपुर प्रेस चौतारीका १० वर्ष अध्यक्ष सम्म रहेका उनी पत्रकारिता क्षेत्रका संघसंस्थादेखि अन्य विभिन्न संघसंस्थामा आवद्ध रही अनुभव संगालेका छन् । उनी नेपाल पत्रकार महासंघ भक्तपुरका निबर्तमान उपाध्यक्ष,सुचना अधिकार समाज भक्तपुरका संस्थापक अध्यक्ष समेत हुन् ।
मातृभुमि न्युज डट कम बजगाईंको सफल यात्रा, उत्तरोत्तर प्रगति र उज्जल भविश्यको कामना गर्दछ ।

 

प्रतिकृया