• ७ असोज २०८३, बुधबार
  • ९ः३९ बिहान

आज मनसुन वायुको प्रभाव विभिन्न स्थानमा वर्षा

प्रकाशित मिति

२०७७ असार १३ गते, शनिबार ०९:२६

काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव रहेको छ । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो र साँझ पनि वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

National Life

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशको सबै प्रदेशहरुमा पूर्ण बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन रचट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १ प्रदेश २, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया